🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बागमती प्रदेशसभाको बैठक आज

बागमती, २० चैत : बागमती प्रदेशसभाको बैठक आज अपराह्न १ः०० बजेका निम्ति आह्वान भएको छ । बजेट बाँडफाँटमा दलीय सहमति नहुँदा मङ्गलबार लागि बोलाइएको बैठक सूचना टाँसेर स्थगन भएको थियो ।

 
सभामुख भुवनकुमार पाठकले प्रदेशसभा बैठक सञ्चालन गर्न आज पनि दलहरूबीच छलफल हुने र सहमतिका निम्ति अधिकतम प्रयास गरिने बताउनुभयो । सरकार पक्ष र प्रतिपक्ष दलबीच छलफल भए पनि कुनै निष्कर्ष आउन नसकेकाले आज पुनः संयुक्त छलफल राखिएको सभामुख पाठकले बताउनुभयो ।

चालु आर्थिक वर्षको बजेट बाँडफाँटमा सरकारले सन्तुलन कायम गर्न नसकेको र विगतका सहमति कार्यान्वयन नभएका भन्दै प्रतिपक्ष दलले बैठक अवरुद्ध गर्ने जनाउ दिएपछि सभामुख पाठकले सहमतिका लागि दलहरूसँग संयुक्त छलफल गर्दै आउनुभएको छ । 
–––