🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

जनमतमा ‘विद्रोह’, एकता प्रक्रिया : राउतविरूद्ध असन्तुष्ट नेताहरु जागे 

काठमाडौं, चैत २६ । सिके राउत नेतृत्वको जनमत पार्टी गम्भीर आन्तरिक किचलोमा फसेको छ। राउत नागरिक उन्मुक्ति पार्टीसँग पार्टी एकताको अन्तिम चरणमा पुगेका बेला आफ्नै पार्टीभित्र भने ‘विद्रोह’ चुलिएको छ।

पार्टीभित्र लामो समयदेखि असन्तुष्ट रहँदै आएका केही नेताहरु अब खुला रूपमा संगठित हुँदै पार्टी विभाजनको तयारीमा जुटेका छन् । नेतृत्वशैली र निर्णय प्रक्रियाप्रति असहमति जनाउँदै उनीहरुले नयाँ मोर्चा खोल्न खोजेकाे स्राेत बताउछ । 

गत केही महिनायता  जनमत पार्टीभित्र खैलाबैला मच्चिएको थियो। राउतले कोषाध्यक्ष सूर्यनारायण यादव र उपाध्यक्षलाई कारबाही गरेका थिए भने संसदमा प्रतिनिधित्व गर्ने सांसदहरुको समेत पटक–पटक हेरफेर गरेका थिए ।

यसले नेताहरुको असन्तुष्टि झनै चुलिएको थियो। विशेषतः मधेश प्रदेशको मुख्यमन्त्रीमा सिनियर नेतालाई बेवास्ता गर्दै जुनियरलाई नियुक्त गरिएको भन्दै महेश यादव, चन्दन सिंहलगायत नेताहरु खुलेर विरोधमा उत्रिएका छन्।

पार्टीमा असन्तुष्ट नेताहरु संगठित हुन थालेपछि अध्यक्ष सिके राउतले सामाजिक सञ्जालमार्फत ती नेताहरूमाथि ‘भडुवा’ भन्ने शब्द प्रयोग गर्दै आक्रोश पोखेका छन्। यो बयानपछि आन्तरिक विवाद थप चर्किएको छ।

यता  नागरिक उन्मुक्तिसँग   पार्टी एकताको विषयमा पनि अन्याैल देखिएको छ। नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी स्वयं एकताको विपक्षमा उभिएकी छिन्। उनले सिके राउतसँग बराबरीको हैसियतमा अध्यक्ष बन्नुपर्ने तत्कालै मन्त्री बन्नु पर्ने अडान राखेकी छिन्।

पूर्वसांसद रेशम चौधरीले भने आफू संरक्षक र रञ्जितालाई सहअध्यक्ष बनाउने सहमति दिएका थिए। तर, रञ्जिताले सहअध्यक्षको प्रस्ताव अस्वीकार गर्दै "समान अध्यक्ष"को माग राखेपछि एकता प्रक्रिया नै जटिल बन्दै गएको छ।

अब जनमत पार्टीभित्रको आन्तरिक कलह र बाह्य एकता प्रयास दुबै संकटमा देखिँदैछन् ।