🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कविता : काेसिस गर्दै गर…

कोसिस गर अवश्य हल निस्किन्छ
आज नभए पनि भोलि निस्किन्छ

अर्जुनको लक्ष्य राख निशाना खोज
मरुभूमिबाट पनि त पानी निस्किन्छ

मेहनत गर फूललाई पानी देऊं
सुक्खामा पनि फेरि फल निस्किन्छ

तागत जुटाउ हिम्मतलाई आगो देऊ
कमजोरको पनि फेरि बल निस्किन्छ

शिरमा उम्मीदलाई ज्यूँदै राख्ने गर
समुन्द्रबाट पनि त गंगाजल निस्किन्छ

काेसिस गर्दै जाऊ केही गर्दै जाउ
जे रोकेको छ अहिले भइ निस्किन्छ

काेसिस गर अवश्य हल निस्किन्छ
आज नभए पनि भोलि निस्किन्छ

(पूर्व राजा ज्ञानेन्द्र शाहको साहित्यिक नाम जी शाह हो ।)