🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

‘सेवा सकियो, सम्झना रहन्छ’–सशस्त्र प्रहरी एआइजी चन्द्रप्रकाश गौतमको विदाई

काठमाडौं, बैशाख २ – "बिदाइ त हो, तर योगदान अमिट छ" – यस्तै भावनाले ओतप्रोत थियो, सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआइजी) चन्द्रप्रकाश गौतमको विदाई समारोह।

\"\"\"\"

प्रधान कार्यालय हलचोक, स्वयम्भूको प्रांगणमा आज विशेष कार्यक्रमबीच सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले अनिवार्य अवकाशमा जान लाग्नुभएका गौतमलाई सम्मानपूर्वक विदाई गरे।

एआइजी गौतमको सेवा यात्रा संगठनभित्र कठोर अनुशासन, स्पष्ट नेतृत्व र निष्ठापूर्ण कार्यशैलीको परिचायक रह्यो। उनलाई बिदाइ गर्दै आइजिपी अर्यालले भने, "गौतम सरको समर्पण र अनुभव हामी सबैका लागि प्रेरणा हो।"

कार्यक्रमलाई थप आत्मीय बनायो सशस्त्र प्रहरी परिवार महिला संघको पहलले। संघकी अध्यक्ष अनिता लामिछाने अर्यालले उपाध्यक्ष मुना शर्मा गौतमलाई पनि विदाई गर्दै उहाँको योगदानको स्मरण गरिन्।

जीवनका पानाहरू पल्टिँदै जाँदा, सेवा सकिन्छ तर सम्झनाहरू रहन्छन्। विदाई कार्यक्रममा यही भाव गुञ्जिएको थियो – आँखा रसाएका थिए, तर मन गर्वले भरिएको थियो।