🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेपाली सेनामा सहायक सेनानी पदमा बढुवा, २९ जनालाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं, वैशाख ७। नेपाली सेनामा साधारण सेवातर्फ रिक्त रहेको सहायक सेनानी पदमा बढुवा भएका प्रमुख सुबेदार तथा सुबेदारहरूलाई प्रधान सेनापति महारथी अशोक राज सिग्देलले दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ।

\"\"\"\"

सैनिक सेवा नियमावली २०६९ बमोजिम साधारण सेवातर्फ रिक्त सहायक सेनानी पदमध्ये १० प्रतिशत पद बढुवाद्वारा पदपूर्ति गरिने व्यवस्था अनुरूप यो बढुवा गरिएको हो।

मिति २०८२ वैशाख ७ गते, जङ्गी अड्डामा आयोजित विशेष समारोहका बीच ३४ जना बढुवा भएका मध्ये संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा खटिएका ५ जना बाहेक २९ जना प्रमुख सुबेदार/सुबेदारलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हो। कार्यक्रममा बलाध्यक्ष, रथीवृन्द, अन्य उच्च पदस्थ अधिकृतहरू तथा बढुवा भएका अधिकृतहरूको परिवारजनको उपस्थिति रहेको थियो।

समारोहमा सेनापतिले बढुवा प्राप्त अधिकृतहरूलाई बधाई तथा शुभकामना दिँदै भविष्यमा अझ प्रतिबद्धतापूर्वक राष्ट्र सेवा गर्न प्रेरित गर्नुभएको जनाइएको छ।