🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रधान सेनापतिबाट पदोन्नति भएका जर्नेल, कर्णेलहरूलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं, वैशाख २४ गते— प्रधान सेनापति महारथी अशोक राज सिग्देलले उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी मानबहादुर महरालगायत अन्य उच्च सैनिक अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।

\"\"

सैनिक मुख्यालय, जंगी अड्डामा २०८२ वैशाख २३ गते आयोजित विशेष कार्यक्रममा प्रधान सेनापतिले वैशाख १७ गतेदेखि उपरथीमा पदोन्नति भएका सहायक रथी महरालाई दर्ज्यानी चिन्ह प्रदान गरे। उपरथी महरा हाल संयुक्त राष्ट्रसंघको लेबनानस्थित UNIFIL मिसनमा डेपुटी फोर्स कमाण्डरको रूपमा कार्यरत छन्।

कार्यक्रममा सहायक रथी दर्जामा पदोन्नति भएका महासेनानी मनोज थापा र अर्जुन बस्नेतलाई पनि दर्ज्यानी चिन्ह प्रदान गरियो। त्यसैगरी प्रमुख सेनानी ब्रजेश महर्जनलाई महासेनानी दर्जाको चिन्ह प्रदान गरिएको थियो।

दर्ज्यानी चिन्ह प्रदान कार्यक्रममा बलाध्यक्ष, रथीवृन्द, अन्य अधिकृतहरू तथा पदोन्नति प्राप्त अधिकृतहरूको परिवारजनको उपस्थिति रहेको नेपाली सेनाले जानकारी दिएको छ।