🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

विपन्नलाई नगरपालिकाको जस्तापाता सहयोग

तेह्रथुम, २५ माघ : तेह्रथुमको म्याङलुङ नगरपालिका–७ ले विपन्नसँग नगरपालिका कार्यक्रमअन्तर्गत वडाका विपन्न परिवारलाई जस्तापाता वितरण गरेको छ । गरीबीका कारण घरको छानो लगाउन नसकेका भूमिहीन, गरीब, पिछडिएको समुदाय र दलित घरधुरीलाई जस्तापाता वितरण गरिएको वडाध्यक्ष नारायणप्रसाद आचार्यले बताए । 

वडा कार्यालयले जस्तापातासँगै विपन्न परिवारलाई मिटर बक्स तथा वाइरिङ सामग्री, फर्निचर र फोटोकपी मेसिनसमेत प्रदान गरेको छ । वडा क्षेत्रका ३ परिवारलाई ११ बण्डल जस्तापाता उपलब्ध गराइएको हो । यस्तै गरीबीकै कारण विद्युत् जडान गर्न नसकेका ४ परिवारलाई मिटरबक्ससहित वाइरिङ सामग्रीसमेत वडाले प्रदान गरेको छ । 

वडा कार्यालयले स्थानीय पाथीभरा समुहलाई २० थान प्लाष्टिक कुर्सी र विश्वनाथ मन्दिरलाई १२ थान प्लाष्टिक कुर्सीसमेत उपलब्ध गराएको छ । वडाले स्थानीय स्वास्थ्यचौकीको सेवा विस्तार गरिएसँगै थप प्रविधियुक्त काम गर्नका लागि १ थान फोटोकपी मेसिनसमेत उपलब्ध गराएको वडासचिव रामप्रसाद भट्टराईले जानकारी दिए ।  

वडाले एक कार्यक्रमका बीच नगद रु ६० हजारसमेत प्रदान गरेको छ । वडा कार्यालयद्वारा आयोजित विपन्न परिवारलाई सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै नगरप्रमुख सञ्जयकुमार तुम्बाहाङ्फेले सिङ्गो नगरपालिका नै विपन्न र गरीबको उत्थानको पक्षमा रहेको बताए । (रासस)