🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

चिया जाली कालो भयो, छान्न सकेन ? यो उपाय अपनाउनुहोस्

काठमाडौं, ३१ बैशाख । अधिकांश मानिसले आफ्नो दिनको सुरुवात एक कप तातो चियाबाट गर्छन् । 

कतिपयको घरमा त दिनमा कम्तीमा ३ देखि ४ पटक चियासमेत बनाइन्छ किनकी पाहुना आउँदा पनि चियाले सत्कार गर्ने चलन छ । यस्तो अवस्थामा चिया बनाएपछि भाँडाकुँडा सफा गर्नु निकै कष्टकर काम हुन जान्छ ।

विशेषगरी चिया छान्ने (चिया जाली) समयसँगै फोहोर र कालो हुँदै जान्छ, जसका कारण यसको प्वाल बन्द हुन्छ र चिया जालीले राम्रोसँग फिल्टर गर्नसमेत सक्दैन । अब, जब यो हुन्छ, मानिसहरूले प्रायः चिया जालीलाई बेकार भयो भनेर यसै फ्याँक्छन् । यद्यपि, यदि तपाईं चाहनुहुन्छ भने, तपाईंले कालो चियाजालीलाई एकदमै सजिलो तरिकामा नयाँ जस्तै चम्काउन सक्नुहुन्छ । आउनुहोस, यसको उपाय हामी सिकाउँछौं ।

यदि तपाइँको चिया जाली कालो भएको छ भने तपाइँ यसलाई धेरै प्रयास बिना नयाँ जस्तै सफा गर्न सक्नुहुन्छ । अझ अचम्मको कुरा यो हो कि यसका लागि तपाईले कुनै पनि महँगो उत्पादन छुट्टै किन्नु पर्दैन ।

– यसका लागि सबैभन्दा पहिले चिया जालीलाई सिधै ग्याँसको आगोमा राख्नुहोस् । 
–  यसो गर्दा फिल्टरमा रहेको फोहोर जलेर कार्बनमा परिणत हुन्छ । 
–  जब आगोले चियाजाली पूरै तातो हुन्छ र त्यसबाट हल्का धुवाँ आउन थाल्छ, तब ग्याँस बन्द गर्नुहोस् ।

– चिया जालीलाई अब एकछिन चिसो हुन दिनुहोस् । 

– यसपछि डिशवाश लिक्विड र ब्रसको मद्दतले रगडेर सफा गर्नुहोस् ।

– यसो गर्नाले फिल्टर पूर्ण रूपमा सफा र चम्किलो हुनेछ ।

यद्यपि, यो विधिको साथ तपाईले स्टील वा फलामका फिल्टरहरू मात्र सफा गर्न सक्नुहुन्छ । ग्याँसको आगोमा प्लास्टिक चियाजाली राख्नबाट बच्नुहोस् ।