मोहनविक्रम सिंहको पुख्र्यौली ओखरकोटसमेत रहेको झिमरूक गाउ“पालिकाको यसपालिको चुनाव अत्यन्तै रस्साकस्सीपूर्ण रह्यो । ८३ बर्षीय सिंहलाई आफ्नो विरासत जोगाउन सकसपूर्ण नै भएको कान्तिपुर दैनिकले त स्थलगत रिपोर्टमा नै उल्लेख ग¥यो । माओवादी–केन्द्रका नेताहरू लीलामणि पोखरेल, मणि थापा, कृष्णध्वज खड्का र गोविन्द आचार्य, नया“ शक्ति नेपालका नेता नवराज सुवेदी आदिको गन्तव्य यो झिमरूक बन्नपुग्यो । नेपाली कांग्रेसका प्रदीप पौडेल र गोविन्द पोखरेलले पनि यहा“ समय दिएको पाइयो । मैले दुई पटक गरी झिमरूकमा १५ भन्दा बढी भेला, प्रशिक्षण, सभा र भेटघाटमा समय दिए“ । आफू मतदातासमेत रहेको यहा“ झिमरूक राउण्ड मोटरसाइकल ¥यालीसमेत गरियो । २०७० को संविधानसभा निर्वाचनमा हामीभन्दा राजमो २३०० मतले अघि थियो, अहिले १२०० हाराहारीको अन्तरमा झारिएको छ । यहा“का ८ मध्ये ४ वटा वडाध्यक्ष गुमाएर ऊ क्रमशःअल्पमतउन्मुख हुनपुगेको छ । पहिले ढुंगामाटोसमेत राजमो रहेको भनिएको यहा“को परिवर्तित स्थितिले भविष्यका लागि महत्वपूर्ण आधारको शंखघोष गरेको छ । हामीले पूर्व(वडा नं १) बाट विजयको आरम्भ त गरिसकेका छौं । –सूर्य थापा




