🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पाटन अस्पताललाई स्तरोन्नति गरिने

काठमाडौँ : ललितपुरको पाटन विज्ञान प्रतिष्ठानअन्तर्गत सञ्चालित पाटन अस्पताललाई स्तरोन्नति गरिने भएको छ । हाल ६०० शय्यामा सञ्चालित उक्त अस्पताललाई एक हजार २०० शय्यामा सञ्चालन गर्न वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनसम्बन्धी रायसुझाव सङ्कलन गर्ने काम भइरहेको छ ।

    वन तथा वातावरण मन्त्रालयका सहसचिव धीरेन्द्रकुमार प्रधानको अध्यक्षतामा आज बसेको बैठकले नागरिकलाई गुणस्तरीय सेवा प्रदान गर्न आवश्यक पर्ने भौतिक पूर्वाधारलाई वातावरणीय प्रभावको हिसाबले सम्पन्न गर्नुपर्ने सुझाव दिएको छ । बैठकमा सहसचिव प्रधानले पाटन अस्पतालको महत्व दिन प्रतिदिन बढ्दै गएकाले यसलाई सबै हिसाबले समयमै सम्पन्न गर्न लाग्नुपर्ने बताउनुभयो ।

    ललितपुर महानगरपालिका–५ मा ५२ रोपनी क्षेत्रफलमा फैलिएको उक्त अस्पतालले हाल ६०० शय्यामार्फत बिरामीलाई सेवा प्रदान गर्दै आएको छ । मन्त्रालयका उपसचिव एवं रायसुझाव समितिका सदस्यसचिव रमेशबहादुर बस्नेतले आधुनिक एवं वातावरणमैत्री संरचना निर्माणलाई प्रतिवेदनले उच्च प्राथमिकता दिनुपर्ने उल्लेख गर्नुभयो ।

    पाटन विज्ञान प्रतिष्ठानका रजिष्ट्रार प्राडा पारसकुमार आचार्यले बिरामीको बढ्दो चापलाई हेरेर अस्पतालको क्षमता वृद्धि गर्न लागिएको बताउनुभयो । अस्पतालले हाल दैनिक दुई हजार बिरामीलाई ओपिडी र ६०० बिरामीलाई भर्ना गरेर उपचार गर्दै आइरहेको छ । वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन अध्ययन गरिरहेको नेपाल रुलर एन्ड एडभान्समेन्ट कमिटी प्रालि (एनआरएसी) का प्रमुख डा ज्योतिप्रसाद गजुरेलले डबल बेसमेन्टसहित आठतले अत्याधुनिक अस्पताल वातावरणमैत्री हुने बताउनुभयो ।

    उक्त अस्पतालको फोहोर व्यवस्थापन, ट्राफिक व्यवस्थापन, वातावरणमैत्री संरचनालगायत क्षेत्रमा अध्ययन गरिएको थियो । करिब १० अर्ब लागतमा बन्न लागेको नयाँ अस्पताल भवनमा भविष्यमा सबै किसिमका बिरामीलाई स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य छ ।