🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

शेर गण, नुवाकोटमा बढ्दो विकृति र विसङ्गति

श्रीमान् प्रधानसेनापतिज्यू,
 नेपाली सेना मुख्यालय,
जङ्गी अड्डा, काठमाडौं ।
मार्फत–साँघु साप्ताहिक
श्रीमान्,

विनम्र निवेदनसाथ यो पत्र लेख्दैछौं । हामी नेपाली सेनाको शेर गण, नुवाकोटमा कार्यरत सकलदर्जाहरू विगत केही महिनादेखि अत्यन्त मानसिक तनाव र असमान व्यवहारको सामना गरिरहेका छौं । हाम्रो गणमा कार्यरत गणपति अशोक कुमार मल्ल तथा सहायक गणपति सेनानी जुद्ध निरौलाको नेतृत्वमा सिपाहीहरूलाई अपमानित, विभेदपूर्ण व्यवहार गरिंदै आएको छ भने पल्टनको आय–व्ययमा पनि गम्भीर हिनामिना भइरहेको हामीलाई आशंका छ ।
. राशन हिनामिना र दुरुपयोगः

गणपति आफैलाई “भगवान’’ ठान्दै सिपाहीहरूको राशन समेत आफूखुसी प्रयोग गरेका छन् । राशन सामग्रीहरू नियमानुसार वितरण नहुनुका साथै गुणस्तरहीन खाद्य वस्तुहरू सप्लाई गरिएको पाइन्छ । भर्खरै नियुक्त अनुभवहीनलाई प्रबन्धमा राखी मिलेमतोमा स्केल मास्ने कार्य भइरहेको छ ।

२. मनपरी सरुवा र विभेदपूर्ण अवसरः

गणमा कार्यरत धेरैजसो लप्टन, मेजर, यहाँसम्म कि अन्य सिपाहीहरूसम्म पनि गणपति र सहायक गणपतिको ‘मन पर्ने’ नभएसम्म उचित अवसर प्राप्त गर्न सक्दैनन् । उनीहरूले तल्लो तहकालाई ‘मुख छाड्ने’ गर्छन ।  सिपाहीलाई निरन्तर दण्ड दिने, धम्क्याउने र जागिर खाइदिने चेतावनी दिने कार्य गरिरहेका छन् ।

३. बाहिनीपतिको कृपा र भोज–भतेरको खेलः

६ नं. बाहिनी अड्डाका बाहिनीपतिलाई बारम्बार बोलाई अनावश्यक खर्च गरेर भोज–भतेर गराउ“दै व्यक्तिगत सम्बन्ध बलियो बनाउने, त्यसैको आडमा सबै अनियमितता लुकाउने प्रयास भइरहेको छ ।

चिफ सा’ब, यस्तो दुर्दशा सेनाको अनुशासन, मर्यादा र समान अवसरको सिद्धान्तविपरीत हो । यदि सम्बन्धित निकायले शीघ्र छानबिन नगरेमा पल्टनभित्र गणपतिको अन्यायले सीमा नाघ्न सक्छ, जसको असर गणको समग्र छविमा पर्न सक्छ । तसर्थ, हाम्रो हार्दिक अनुरोध छः

 शेर गणमा छानबिन टोली खटाइ खुला रूपमा सत्यतथ्य छानबिन होस् ।

आर्थिक हिनामिनाको लेखा परीक्षण गरेर पारदर्शिता  अपनाइयोस् ।

गणपति तथा सहायक गणपतिको कार्यशैली र आचरणको मूल्यांकन होस् ।

सैन्य अनुशासनमा रहेका सिपाहीहरूको हक–अधिकार सुरक्षित गरियोस् ।

अन्त्यमा, हामी पीडित सकलदर्जाहरू हेडक्वार्टरको उच्चस्तरीय छानबिन र दोषी उपर कार्यवाहीको आशामा यस गुनासो सहितको पत्र साँघु साप्ताहिकमार्फत चिफ साँबको ध्यानाकर्ष गराएका छौं ।
शुभकामना सहित,
पीडित सकलदर्जा परिवार,
 शेर गण, नुवाकोट
साँघु साप्ताहिक, मितिः २०८२ साउन १९