🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

मार्तडी–कोल्टी सडक अलपत्र पार्ने ठेकेदार इन्द्र बानियाँ बागमतीको मुख्यमन्त्री बन्दै

मकवानपुर । बाजुराको मार्तडी–कोल्टी सडक खण्डको निर्माण अलपत्र पारेर आलोचित भएका ठेकेदार इन्द्र बहादुर बानियाँ आज बागमती प्रदेशको मुख्यमन्त्री बन्न लागेका छन् । 

नेपाली कांग्रेसका नेता बानियाँको स्वामित्वमा रहेको पिएस बानियाँ निर्माण सेवाले यो सडक विस्तारको जिम्मा पाएको भए पनि लामो समयदेखि काम अधुरो राखिएको छ ।

साउन १४ गते कांग्रेस संसदीय दलको नेतामा २२ मतसहित विजयी भएका बानियाँलाई पार्टी सभापति शेरबहादुर देउवाको समर्थन छ । देउवाले वर्तमान मुख्यमन्त्री शालिकराम जमरकटेललाई मार्गप्रशस्त गर्न निर्देशन दिएका थिए । लामाले आइतबार राजीनामा दिएपछि दलका नेता बनेका बानियाँ आज मुख्यमन्त्री पदमा नियुक्त हुँदैछन् ।

सडक अलपत्र, जनता हैरान

बाजुरा जिल्लाको ४१ किलोमिटर लामो मार्तडी–कोल्टी सडक खण्ड बहुवर्षीय योजना अन्तर्गतको मुख्य परियोजना हो । यसको २६ किलोमिटर खण्डको जिम्मा पिएस बानियाँ निर्माण सेवालाई दिइएको थियो । २०७७ साल असारमा ५० करोड १७ लाख रुपैयाँमा सम्झौता भएको भए पनि कम्पनीले हालसम्म मात्र डेढ करोड रुपैयाँ बराबरको काम गरेको छ ।

पूर्वाधार विकास कार्यालय अछामका अनुसार, सम्झौताअनुसार ३ वर्षभित्र काम सक्नुपर्ने थियो, तर समयमै काम नसकिएपछि म्याद थपिए पनि प्रगति न्यून छ । हालसम्म ५० प्रतिशत मात्रै काम भएको कार्यालयको भनाइ छ । ठेकेदारको लापरबाहीका कारण बाँकी रकम झण्डै १३ करोड ५० लाख रुपैयाँ फिर्ता हुने प्रक्रियामा छ ।

हिउँदमा धुलो, बर्षातमा हिलो

स्थानीय बासिन्दाका अनुसार यस सडकखण्डमा यात्रा गर्ने यात्रुले हिउँदमा धुलो र वर्षातमा हिलोको सामना गर्नु पर्ने बाध्यता रहेको छ । वर्षातमा यो सडक खण्ड पूर्ण रुपमा बन्द हुने गर्छ ।

४ महिना यातायात सेवा बन्द हुँदा पैदल यात्रा गर्न समेत कठिन हुने अवस्था छ । बाटो बन्द हुँदा स्वास्थ्य, शिक्षा, खाद्यान्न आपूर्ति लगायतका आधारभूत सेवा प्रभावित हुँदै आएका छन् । राज्य संयन्त्रको निरीक्षण र निगरानीको अभावमा ठेकेदारले मनपरी गरिरहेको आरोप स्थानीयले लगाएका छन् ।

दिगो समाधानको माग

स्थानीयबासीहरूले यो समस्या समाधान गर्न पटक–पटक आवाज उठाउँदै आएका छन् । तर राजनीतिक नेतृत्व र सम्बन्धित निकायहरूको गम्भीरता अभावले दीर्घकालीन समाधान हुन नसकेको गुनासो उनीहरूको छ ।