🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पत्रकार महासंघ मधेश प्रदेशको भवन निर्माणमा बारको अवरोध, वकिल र पत्रकारबीच झडप

जनकपुर । जनकपुरधाममा निर्माण हुन लागेको पत्रकार महासंघ मधेश प्रदेशको भवन निर्माणमा बार एशोसिएसन जनकपुरले अवरोध गरेको छ ।

केन्द्रिय गुठी संस्थानसँग सम्झौता गरेर जनकपुरधाम उपमहानगरपालिका–४ स्थित भूतनाथ मन्दिरको दक्षिणपट्टि चार कठ्ठा जग्गामा निर्माण कार्य सुरु गर्न लागेपछि बार एसोसिएसनले सो जग्गा आफ्नो पार्किङ स्थल रहेको दाबी गर्दै कार्य रोक्न खोजेका हुन् ।

महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जाराले सो जग्गा कानुनी प्रक्रिया पूरा गरी गुठी संस्थानसँग सम्झौता गरेर निर्माण सुरु गरेको बताएका छन् । तर बार एसोसिएसनले उक्त जग्गा पार्किङका लागि प्रयोग हुँदै आएको र कुनै हालतमा पत्रकार महासंघलाई प्रयोग गर्न नदिने अडान लिएको छ ।

विवादको क्रममा वकिल र पत्रकारबीच सामान्य झडपसमेत भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । झडपको क्रममा पत्रकारहरूले वकिलको कोट च्यातेको आरोप वकिलहरूले लगाएका छन् भने, वकिलहरूले अध्यक्ष बन्जारा साथै महिला पत्रकार ज्योति झामाथि हातपात गरेको आरोप पत्रकार महासंघले लगाएको छ ।

झडप बढ्न नदिन प्रहरीले महासंघका अध्यक्ष श्याम बन्जारालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा लगेको छ ।