🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

ताप्लेजुङ गोल्डकप : सहलेश युवाक्लब सिरहा फाइनलमा

ताप्लेजुङ, २९ साउन : सहलेश युवाक्लब सिरहा ताप्लेजुङमा जारी अन्तरराष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । 

आज भएको सेमिफाइनलको अन्तिम खेलमा सहलेशले रेडस्टार फुटबल क्लब झापालाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि भिडन्तका लागि स्थान सुरक्षित गरेको हो । सिरहाका लागि दुवै गोल युसुफ मल्लिकले गरेका थिए । उनले खेलको १३औँ र ४८औँ मिनेटमा गोल गरेका थिए ।

 
शनिबार फाइनल खेलमा सिरहाले चर्च ब्वाइज क्लब ललितपुरसँग उपाधीका लागि प्रतिस्पर्धा गर्नेछ । यसअघि बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा चर्च ब्वाइजले टाइब्रेकरमा ‘द योङ ब्रदर्श क्लब इटहरी, सुनसरी’लाई ३–१ गोल अन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो ।

 
लाखेजात्रा पर्वका अवसरमा लाखेजात्रा सञ्चालन समितिले सदरमुकाम फुङ्लिङस्थित भानु जनमाध्यमिक विद्यालयको खेल मैदानमा आयोजना गरेको उक्त प्रतियोगितामा आठ टोली सहभागी छन् । विजेताले रु सात लाख दुई हजार ८२ तथा उपविजेताले रु तीन लाख ५० हजार ८२ सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्ने आयोजक संस्थाका अध्यक्ष सागर मादेनले जानकारी दिए ।
–––