🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

भारतलाई स्वतन्त्रता दिवसको शुभकामना दिँदै परराष्ट्रमन्त्रीले भनिन्, ‘भारत लोकतन्त्रको चम्किलो उदाहरण रहिरहोस्’

काठमाडौं ।  परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको ७९औँ स्वतन्त्रता दिवसको अवसरमा भारत सरकार र त्यहाँका जनताप्रति शुभकामना व्यक्त गरेकी छन् ।

सामाजिक सञ्जालमा आफ्ना भारतीय समकक्ष डा. एस जयशंकरलाई उल्लेख गर्दै भारत विश्वभरका देशलाई प्रेरणा दिँदै लोकतन्त्रको चम्किलो उदाहरण रहिरहोस् भन्दै शुभकामना दिएकी हुन् । उनले नेपालले भारतसँगको आफ्नो लामो र दिगो साझेदारीलाई अधिक महत्त्व दिएको बताइन् ।

‘भारतको स्वतन्त्रता दिवसमा हामी भारतका जनताको समृद्धि, एकता र सद्भावको निरन्तरता चाहन्छौँ, भारत विश्वभरका देशलाई प्रेरणा दिँदै लोकतन्त्रको चम्किलो उदाहरण रहिरहोस्’, परराष्ट्रमन्त्रीले एक्समा लेखेकी छन् ।