🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

ताप्लेजुङ गोल्डकपको उपाधि सहलेश युवाक्लब सिरहालाई

फुङ्लिङ (ताप्लेजुङ), ३१ साउन । यही साउन २४ गतेदेखि सुरु भएको तेस्रो अन्तरराष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको उपाधि सहलेश युवाक्लब सिरहाले जितेको छ । आज सम्पन्न फाइनल खेलमा सहलेशले चर्चब्वाइज युवाक्लब ललितपुरलाई २–० गोल अन्तरले पराजित गर्दै विजेता बनेको हो ।

खेलको ७९औँ मिनेटमा सुरेन खड्काले पहिलो गोल गरेका थिए भने ८९औँं मिनेटमा युसुकमलिकले दोस्रो गोल थप्न सफल भएका हुन् । ललितपुरले गोल फर्काउने प्रयास गरे पनि सफल नभएपछि उपविजेतामा चित्त बुझाएको छ ।

यसअघि सेमिफाइनलमा सहलेशले झापाको रेडस्टार फुटबल क्लबलाई २–० गोल अन्तरले हराएको थियो । चर्चब्वाइजले सुनसरीको दयङ ब्रदर्शलाई ट्राइबेकरमा ३–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो ।

गतवर्ष उपविजेता बनेको सहलेश युवाक्लबले यसपटक कमजोरी सच्याएर उपाधि आफ्नो पोल्टामा पारेको हो । क्लबमा चार विदेशी खेलाडीसमेत समावेश छन् । चर्चब्वाइजले भने विदेशी खेलाडीबिना प्रतिस्पर्धा गरेरै फाइनलसम्मको यात्रा तय गर्न सफल भएको हो । 

सहलेशले प्रतियोगिताभर क्वाटर फाइनल र सेमिफाइनलमा कुनै गोल नखाएर फाइनलमा पुगेको थियो । सोही क्रमलाई निरन्तरतामा दिँदै उसले उपाधि हात पारेको हो । 

चर्चब्वाइजले कठिन जितमार्फत फाइनलसम्म पुगे पनि उपाधि जित्न असफल रह्यो । आयोजक लाखेजात्रा सञ्चालक समितिका कोषध्यक्ष दावा शेर्पाका अनुसार विजेताले रु सात लाख दुई हजार ८२ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । उपविजेता बनेको चर्चब्वाइजले रु तीन लाख ५० हजार ८२ सहित ट्रफी, मेडल र प्रमाणपत्र हात परेको छ ।