🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

साफ यू–१७ महिला च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल र भारत भिड्दै

काठमाडौं ।  भुटानको थिम्पुमा आजदेखि सुरु हुने १७ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलको उद्घाटन खेलमा नेपाल र भारत भिड्दैछन् । 

नेपाल–भारत बिचको खेल नेपाली समयअनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ भने नेपाल सुखद सुरुवात गर्ने लक्ष्यका साथ मैदानमा उत्रन तयार छ । आजै हुने दोस्रो खेलमा आयोजक भुटानले बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

यही भदौ १५ गतेसम्म चल्ने प्रतियोगितामा आयोगजक भुटानसहित, नेपाल, भारत र बंगलादेश सहभागी छन् । सबै टोलीले एकअर्कासँग दुई–दुई खेल खेल्नेछन् । यस खेलको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ । 

नेपालले भदौ १३ गते भारतसँग, १५ गते भुटानसँग तथा भदौ ८ र ११ गते बङ्गलादेशसँग खेल्ने छ । नेपालले सन् २०२२ मा यो प्रतियोगिता जितेको थियो ।