🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बेलायत निवासी १५ वर्षीय रेग्मीको बालचित्रकथा सार्वजनिक

काठमाडौँ  । बेलायतमा जन्मी हाल बर्नमथ शहरमा बस्दै आएका १५ वर्षीय किशोर आरोन रेग्मीले नेपालका बालबालिकाहरुलाई लक्षित गर्दै चित्रकथा लेखेका  छन् । 

अंग्रेजी भाषामा उनले लेखेको ‘ह्यारी एण्ड द रेड बलुन’ चित्रकथालाई नेपालीमा ‘अरुजको बेलुन यात्रा’ शीर्षकमा अनुवाद गरिएको छ । हालै मात्र परिवारसहित नेपाल गएर उनले चित्रकथा सार्वजनिक गरेका हुन् । बालसाहित्यिक कृतिहरु प्रकाशित गर्दै आएको प्रकाशनगृह ‘कोपिला किताब’ ले उक्त पुस्तक प्रकाशित गरेको हो । मनोरञ्जनमात्र नभई यस चित्रकथाले बालबालिकाको कल्पनाशीलतालाई उजागर गर्ने र नैतिक मूल्यमान्यताहरुलाई रमाइलोसँग सिकाउन सहयोग गर्ने रेग्मी बताउँछन् ।

विकसित देशहरुमा सुत्नुअघि बालबालिकाहरुलाई पढ्न प्रोत्साहित गरिन्छ । विद्यालय र सार्वजनिक पुस्तकालयहरुबाट बालबालिकाहरुले सजिलै पुस्तक पाउन सक्छन् । तर नेपालमा बालबालिकाहरुलक्षित पुस्तकको पहुँच सीमित भएको थाहा पाएपछि यस क्षेत्रमा योगदान गर्न रुचि जागेको उनी बताउँछन् । 

उनले भने, ‘सुत्नुअघि पढ्ने बानीले निद्रामा सुधार ल्याउँछ र शारीरिक र मानसिक स्वास्थ्यको लागि यो जरुरी हुन्छ ।’
पुस्तक प्रकाशन गर्न आवश्यक खर्च जुटाउन उनले गत वर्ष ‘गो फण्ड मी’ बाट रकम जुटाएका थिए । हालै नेपाल जाँदा उनले चितवनका केही विद्यालयमा पुस्तक हस्तान्तरण गर्नुका साथै आफ्ना विचार पनि राखेका थिए । 

विद्यालयका शिक्षकवर्ग, साथीभाइ र परिवारजनबाट प्रशंसा पाउँदा उनी पुलकित छन् । नेपालका सार्वजनिक विद्यालयहरुमा पुस्तक निःशुल्क वितरण गर्ने तर अन्यत्र बिक्री गरेर नेपालका ग्रामीण विद्यालयहरुलाई खेलकुद सामग्री उपलब्ध गराउन सहयोग गर्ने उनको उद्देश्य छ । लेखनबाहेक फुटबलमा उनको अभिरुचि छ र नियमित प्रशिक्षणमा जाने गरेका छन् । बेलायतमै जन्मी हुर्केपनि उनी प्रष्ट नेपाली बोल्दछन् ।