🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अर्घाखाँचीमा बाघको आ क्रमणले सात बाख्रा मरे, आठ बेपत्ता

अर्घाखाँची, ७ भदौ : जिल्लाको शितगङ्गा नगरपालिकामा बाघको आक्रमणबाट सात वटा बाख्रा मरेका छन् भने आठ वटा बेपत्ता छन् । शितगङ्गा–१३ माझिफाँटस्थित हिमालयन बाख्रापालन तथा कृषि फार्मका १५ वटा बाख्रामाथि बाघले आक्रमण गरेको हो ।

“बुधबार बाख्रा चराउन जङ्गल गएका बेला ३० वटा बाख्रा हराएका थिए । तीमध्ये एउटा घाइते अवस्थामा र १४ वटा सकुशल फार्ममा फर्किएका थिए । अन्य बाख्रा खोजी गर्दा सात वटालाई बाघले आक्रमण गरी मारेको पायौँ, अझै आठ बाख्रा हराइरहेका छन्”, फार्म सञ्चालक घनश्याम अधिकारीले भन्नुभयो । बुधाबारदेखि निरन्तर खोजी गरिरहेको बताउँदै आज पनि खोजी गरिएकामा हराइरहेका बाख्रा फेला पार्न नसकिएको उहाँले बताउनुभयो ।

यतिका दिनसम्म बाख्रा फेला नपर्नुले ती बाख्रालाई पनि बाघले खाएको हुनसक्ने अधिकारीले आशङ्का व्यक्त गर्नुभयो । उहाँका अनुसार मृत बाख्रा करिब एक किलोमिटर दूरीमा पर्ने देउराली–पारे सामुदायिक वन क्षेत्रमा भेटिएका थिए । 

दुई वर्ष अगाडि बाख्रापालनका लागि रु १२ लाख लगानीमा संरचना बनाइएको जनाउँदै अर्का सञ्चालक विष्णु पौडेलले बाख्रासँगै फार्ममा ब्रोइलर कुखुरा र बङ्गुर पनि पालिएको बताउनुभयो । उहाँका अनुसार फार्ममा अहिलेसम्म रु ३५ लाख लगानी भइसकेको छ ।

बाघले गर्दा फार्मका ठूलो क्षति पुगेको बताउँदै पौडेलले गत जेठमा दुई हजार ५०० ब्रोइलर कुखुरा पालेकामध्ये एकै दिन एक हजार २०० मरेका जानकारी दिनुभयो । लगातारको क्षतिले फार्म सञ्चालक चिन्तामा छन् । स्वदेशमा केही गर्नुपर्छ भनेर पशुपन्क्षीपालनमा लगानी लगेको भन्दै सोचेजस्तो नतिजा आउन नसकेको उहाँहरूको भनाइ छ ।

पछिल्लो समय यस क्षेत्रमा बाघको आक्रमण बढ्दै गएको स्थानीय बताउँछन् । बुधबार राति मात्र नजिककै भलासिक्र गाउँको एक खोरका चार बाख्रा जङ्गली जनावरले मारेको, एउटा बाख्रालाई घाइते बनाएको प्रहरी चौकी सिमलपानीले जनाएको छ ।