🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

समाजवादी महिला संघ धनुषाद्वारा जनकपुरधाममा झाडुसहित प्रदर्शन

जनकपुर । शनिबार संघका महिला सदस्यहरुसहित जसपा नेपालका जिल्ला तथा मधेश प्रदेशका पदाधिकारी एवम नेता तथा कार्यकर्ताहरुले जनकपुरधाममा सडक अवरुद्ध गर्दै सरकार विरुद्ध प्रर्दशन गरेका छन् । उनीहरुले उपेन्द्र यादव जिन्दावाद, झुठो मुद्दा खारेज गर, ओली सरकार मुर्दावादलगायतका नारासमेत लगाएका छन् ।

जनता विरोधी भूमि अध्यादेशको पक्षमा जसपा नेपालले संसद्मा समर्थन नगरेपछि सरकारले षड्यन्त्रपूर्वक जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव माथि गौर हत्याकाण्डको आरोप लगाएर फसाउन खोजेको जसपा नेपालका समानुपातिक मधेश प्रदेश सांसद ममता मण्डलले जानकारी दिईन् । सरकारले उपेन्द्र यादवविरुद्धको मुद्या फिर्ता नलिए अझ सशक्त आन्दोलनमा उत्रीने उनले चेतावनीसमेत दिईन् । उनले आज (आइतबार) पाँच हजार जना प्रर्दशनकारी जनकपुरधामको सडकमा उतार्ने बताईन् ।

\"\"

गौरमा भएको हत्याकाण्डको अनुसन्धान अघि बढाउन न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको इजलासले गत सोमबार परमादेश दिएको थियो । ०६३ चैत ७ गते रौटहटको गौरमा मधेशी जनअधिकार फोरम र माओवादीबिच एकैठाउँमा कार्यक्रम गर्ने विषयमा झडप हुँदा २८ जना माओवादी कार्यकर्ताको मृत्यु भएको थियो ।