🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

ग्लोबल आईएमईको क्यान्सर सम्बन्धी जनचेतनामूलक कार्यक्रम

काठमाडौं, १३ फागुन : ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत क्यान्सर काउन्सिल नेपालसँगको सहकार्यमा क्यान्सर सम्बन्धी जनचेतनामूलक कार्यक्रमको आयोजना गरेको छ ।

काठमाडौंको बसुन्धारास्थित हेराल्ड इन्टरनेशनल कलेजमा आयोजित उक्त जनचेतनामूलक कार्यक्रममा क्याम्पसमा अध्ययनरत ५ सय विद्यार्थी र शिक्षकहरु उपस्थित रहेका थिए । उक्त जनचेतनामूलक कार्यक्रममा बरिष्ठ क्यान्सर रोग विशेषज्ञ प्रा.डा.विष्णुदत्त पौडेलले क्यान्सर रोगको कारण, लक्षण र रोकथामका उपायबारे स्पष्ट पारेका थिए ।  

\"\"

यसका साथै सोही कार्यक्रममा ग्लोबल आइएमई बैंक लिमिटेडसँग हातेमालो गरी नेपाल प्रहरीले साइबर क्राइमको बारेमा प्रस्तु्ती दिएको थियो । 

ग्लोबल आइएमई बैंक लिमिटेडले स्थापनाकाल देखि नै आफ्नो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न क्षेत्रमा सहयोग पुर्याउँदै आएको छ । 

बैंकले विभिन्न समयमा मुलुकमा आईपर्ने प्राकृतिक विपत्तिहरु; बाढी, पहिरो, भूकम्प लगायतका विपतको समयमा सहयोग गर्दै आएको छ भने जनचेतनामूलक कार्यक्रमहरुका साथै सामाजिक कार्यहरुमा पनि सदैव सक्रिय रहँदै आएको छ ।