🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पशुपतितिर सत्रको लर्को : सात आउँदा थापा मख्ख

काठमाडौं । पंचायती पृष्ठभूमिका दुई राष्ट्रिय प्रजातन्त्र पार्टी जन्मदेखि नै फुट्ने र जुट्ने खेल जारी छ । २०४६ मा दलहरूमाथिको प्रतिबन्ध फुकुवा भएपछि सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दले गठन गरेका दुई राप्रपा २०५२ मा जुटे । पुनः २०५४ मा फुटे । राप्रपामा यो टुटफुटको शृंखला गणतन्त्र प्राप्तीपछिका कालखण्डमा पनि जारी छ । २०७० को चुनावमा हिन्दू राज्यको नाराबाट आकर्षित भएर संसदमा २४ सिट समानुपातिकतर्फ ल्याएको कमल थापाको पार्टी फुटकै कारण २०७४ मा आइपुग्दा १ सीटमा खुम्चिन पुगेको छ ।

पशुपतिशमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिक र डा. प्रकाशचन्द्र लोहनीको एकीकृत राप्रपाबीच केही दिनअघि भएको एकताबाट बिच्किन पुगेका दीपक बोहरा २०७५ फागुन १२ मा कमल थापाको राप्रपामा प्रवेश गरेका छन् । उनी ८ पूर्व केन्द्रीय सदस्यसहित कमल थापातिर लागे । दीपक बोहरालाई रातो कार्पेट बिछ्याएर भित्र्याएकै दिन कमल थापाको राप्रपाबाट बरिष्ठ नेता पूर्व प्रधान मन्त्री लोकेन्द्रबहादुर चन्दसहित १७ केन्द्रीय सदस्यले पार्टी त्यागेका छन् ।

थापा नेतृत्वको राप्रपा छाड्ने केन्द्रीय सदस्यहरूमा जयन्त चन्द, भरत पाठक, भरत गिरी, प्रल्हादप्रसाद साह, दिनेश श्रेष्ठ र गोविन्द खनियाले छाडेका छन् । सानुकाजी हेक्का, रिता पोखरेल, सुन्दर खड्का, गणेशबहादुर बिष्ट, गजेन्द्रबहादुर सिँह, बिन्दा गिरी, भरतबहादुर चन्द, गोपाल दाहाल, गणेश चन्द, मुकुन्द कार्की र पूर्ण चौलागाईंले पनि कमल थापा नेतृत्वको राप्रपा परित्याग गरेका छन् ।

साथै राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रत्येक आन्दोलनमा अग्रपंक्तिमा रहेर योगदान गर्दै आएका चिरागमान सिंह कुँवर, राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघ(आधिकारिक)का केन्द्रीय अध्यक्षलाई पनि राप्रपावाट बाहिरिन बाध्य पारिएको छ । कुँवर  जस्ता हजारौ नेता, कार्यकर्ताहरू जो कमल थापाबाट पीडित भएर पलायन या परित्याग गर्न बाध्य छन् । कमल थापाले बुद्धिमान तामाङहरू पनि दीपक बोहरा जस्ता विवादित र बद्नामलाई पार्टीमा भित्र्याएकोमा असन्तुष्ट छन् । 

राणा लोहनीलाई ८ जना केन्द्रीय सदस्यले छाडेर कमल थापाको पार्टीमा प्रवेश गरिसकेका छन् । कमल थापाको राप्रपाबाट १७ जना केन्द्रीय सदस्यले छाडेका छन् । कमल थापाले बाहिरका ८ टिप्न खोज्दा घरभित्रका १७ जना फुत्किएका छन् । कमल थापाको राप्रपा छाड्ने १७ केन्द्रीय सदस्यहरू २०७५ फागुन १५ गते राप्रपा संयुक्तमा प्रवेश गर्दैछन् ।  राणा–लोहनी नेतृत्वको राप्रपा संयुक्तमा जाने तयारीमा छन् ।

 
यसैबीच, सत्ताविना एकछिन पनि टिक्न नसक्ने दीपक बोहरा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरममा प्रवेश गर्ने दाउमा थिए । त्यसका लागि धेरै चरणमा उनले वार्ता पनि गरिसकेका थिए । तर उनीजस्ता बद्नाम छविका ब्यक्तिलाई फोरममा प्रवेश गराउने पक्षमा कोही नदेखिएपछि यादव हच्किन पुगे । फोरममा प्रवेश गरेर नियुक्तिदेखि सरुवामा करोडौं रुपैयाँ कमाउने उद्देश्यमा सफल नभएपछि उनी राप्रपामा प्रवेश गरेका छन् ।

आयल निगमको जग्गा घोटालादेखि हाउसमेडको नाममा करोडौं रकम उठाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकूत सम्पत्तिमा कारबाही गर्ने भएपछि उनी बच्नका लागि कमल थापातिर लागेको राप्रपाका एक नेताले बताएका छन् । उनले भने, नेकपाका नेता सुवास नेम्वाङ र कमल थापाबीच कुरा भएपछि नै बोहरा राप्रपामा प्रवेश गरेका हुन् । आयल निगमले तेल भण्डारणका लागि जग्गा खरिद गर्दा भएको डेढ अर्ब रुपैयाँ भ्रष्टाचारमा बोहरा मुख्य दोषी रहेको आरोप छ । यीलगायतका पंचायतकालदेखिका बद्नाम नेताका रुपमा बोहरालाई लिने गरिन्छ । 

दीपक बोहरासँग राप्रपा प्रवेश गर्नेहरूमा कोषाध्यक्ष नीलकण्ठ काफ्ले, प्रदीपकुमार उदय, विन्दु पहाडी, राजेन्द्रप्रसाद श्रेष्ठ, सुरेन्द्र केसी, सरोज शर्मा, ताहिर अलि, दिलिप बस्नेत, मिना स्वर्णकार, दीपक राई, गंगाराम कलवारलगायत छन् ।(साँघु साप्ताहिक, फागुन १३)