🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पूर्व उपप्रधानमन्त्री तथा अर्थमन्त्री भरतमाेहन अधिकारीकाे स्वास्थ्य अवस्था विग्रिदाे

काठमाण्डौ १८ फागुन । विगत लामाे समयदेखि बिरामी रहेका पूर्वउप्रधानमन्त्री भरतमोहन अधिकारीकाे स्वास्थ्य अवस्था फेरि बिग्रिएकाे छ ।

गत माघ २४ गतेदेखि ह्याम्स अस्पतालमा उपचारार्थ भर्ना भएका  अधिकारीकाे  १६ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेकाे छ ।

 तीन दिनदेखि  अधिकारी अचेत अवस्थामा  रहेकाे परिवारिक श्रोतले बताएकाे छ । भारतकाे सिक्किममा घर भएकी छोरी  लुना आज दिउसाे काठमाण्डौ आइपुगेपछि थप उपचारका बिषयमा निर्णय लिइने बताइएकाे छ ।  

एमालेबाट चार पटकसम्म अर्थमन्त्री, उपप्रधानमन्त्री र पटक पटक  मन्त्री भएका अधिकारी कम्युनिष्ट पार्टीमा सम्मानित नेताका रुपमा  चिनिन्छन । यातायात तथा निर्माणमन्त्री, चार पटक सांसद, संसदीय दलको उपनेता, प्रमुख सचेतक, पार्टीको आर्थिक, उद्योग, संसदीय, अनुगमन  विभाग प्रमुख जस्ता भूमिका निर्वाह गरेका नेता अधिकारीलाई आम मानिसले ‘बुढाबुढी, अपाङ्ग, अशक्तलाई भत्ता दिने’ र ‘आफ्नो गाउँ आफैँ बनाऔँ' भन्दै गाउँकाे विकासका लागि बजेट पठाउन सुरूवात गर्ने विकासवादी नेताका रुपमा चर्चित छन् र नेपाली समाजले अति नै  सम्मान पनि गर्दछ। २०५१ सालमा अधिकारी छाेटाे अविध जम्मा नाै महिना अर्थ मन्त्री बन्दा उनले गरेका जनक्षीय  कामबाट एमालेले जनताबाट जति वाहवाही पायाे त्यसपछि  त्यस्ताे  वाहवाही आजसम्म पाउन सकेकाे छैन ।