🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

धरौटी बुझाएर रिहा भए जसपा मधेश प्रदेश अध्यक्ष अशोक यादव 

रौतहट । जनता समाजवादी पार्टी (जसपा) मधेश प्रदेशका अध्यक्ष अशोक कुमार यादव धरौटी बुझाएर रिहा भएका छन् ।

सर्लाही जिल्ला अदालत मलङ्गवामा उपस्थित भएका यादवलाई न्यायाधीश महेन्द्रराज काफ्लेको इजलासले एक लाख ६० हजार रुपियाँ धरौटी लिएर छाड्न आदेश दिएको हो । 

सर्लाही जिल्ला अदालतका श्रेस्तेदार ज्ञानबहादुर खत्रीले राजद्रोहको मुद्दामा एक लाख, सार्वजनिक सेवा अवरोध गरेको र आपराधिक उपद्रव मुद्दामा ३०÷३० हजार गरी एक लाख ६० हजार रुपियाँ धरौटी माग भएको बताए ।

गत असार १९ गते राति सर्लाहीका प्रहरी प्रमुख (एसपी) योगेन्द्रकुमार खड्का र यादवबीच  गालिगलौचको टेलिफोन संवाद बाहिरिएपछी भदौ २५ गते प्रहरीले पक्राउ गरेको थियो । पूर्व मधेश प्रदेशसभा सदस्यसमेत रहेका यादवलाई  जिल्ला प्रहरी कार्यालय मलङ्गवाको हिरासतमा भएकै बेला आमाको निधन भएपछि असोज ३ गते काजकिरिया गर्न भनी प्रहरीले छाडेको थियो आमाको काजकिरिया सकेर बिहिवार आफै यादवसँग अदालतमा उपस्थित भएका हुन ।

उनले अदालतले न्याय दिएको बताएका छन् । अन्याय, अत्याचार र भ्रष्टाचारको विरोधमा बोल्दा उल्टै आफूविरुद्ध राज्यले अनेक लाञ्छना लगाएर मुद्दा दायर गरेको आरोप समेत लगाए । प्राविधिक कार्यालय मलङ्गवामा आर्थिक अनियमितता गरी रातभर काम भएको विषयमा विवाद भएको थियो ।