🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नाइजेरियामा तेलको पाइप विस्फोट हुँदा ५० बढीका मृत्यु

अबुजा, १९ फागुन : नाइजेरियाको पूर्वी क्षेत्रको नेम्बेमा तेलको पाइप विस्फोटन हुँदा ५० भन्दा बढीको मृत्यु भएको छ । 

स्थानीय समयअनुसार शुक्रबार बिहान भएको घटनामा परी उनीहरुको मृत्यु भएको सञ्चार माध्यमहरुले जनाएका छन् । पेट्रोलियम पदार्थको सो पाइप विस्फोटन भएपछि आगलागी हुनुका साथै धुँवा समेत उठेको अधिकारीहरुले बताएका छन् । 

सो पाइपबाट पेट्रोलियम पदार्थ आयात गर्ने कुनै पनि कम्पनीले घटनाका बारेमा कुनै जिम्मेबारी जनाएका छैनन् । घटनामा परी घाइते भएकाहरुको सङ्ख्या धेरै नै रहेको तर कति छन् भन्ने यकिन नभएको बताइएको छ । 

नाइजेरियामा पेट्रोलियम पदार्थको पाइपलाइन विस्फोटन भएर मृत्यु हुने घटना बेला बेलामा हुने गरेका छन् । अहिले घटना भएकै ठाउँमा यसअघि सयौँको मृत्यु भएको थियो । (रासस/एजेन्सी)