🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

\’बोष्टर म्युजिक लाइफ टाइम एचिभमेन्ट अवार्ड\’ सुरेन्द्र महर्जन \’अमर\’ लाई

काठमाडौं, १९ फागुन : नेपाली गीत, संगीत, नेपाली भाषा साहित्य र कला क्षेत्रको विकासको लागि राजधानीमा बोष्टर म्युजिक अवार्ड २०७५ को आयोजना गरिएको छ ।  

लामो समयदेखि नेपाली भाषा, साहित्य र चित्रकारितामा विगत तीन दशकदेखि सक्रिय कवि, गीतकार एवं साहित्यकार सुरेन्द्र महर्जन 'अमर' लाई 'बोष्टर म्युजिक लाइफ टाइम एचिभमेन्ट अवार्ड २०७५' प्रदान गरिएको छ । अमरका कविता संग्रह, उपन्यास, गीति कविता, हाइकु, नाटक, गीति एल्बम आदि दुई दर्जन कृति प्रकाशित छन् । 

कार्यक्रममा ४१ विद्यामा उत्कृष्ट भएका उत्कृष्ट राष्ट्रिय गीतबाट संगीतकार सन्तोष श्रेष्ठ, उकृष्ट मोडेल सनम कथयाल, आधुनिक मोडल अमन श्रेष्ठ, लगायत सबैलाई अवार्ड र प्रमाणपत्रबाट सम्मानित गरिएको थियो । 

कार्यक्रममा ताप्लेजुङको पाथीभरा नजिकै सिस्ने भीरमा हेलिकप्टर दुर्घटनामा परी असामयिक निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारी लगायत सम्पूर्ण मृतकको सम्झनामा एक मिनेट मौन धारण गरिएको थियो ।