🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

मुख्यमन्त्री पोखरेल र जर्मनीका राजदूतबीच भेटवार्ता

बुटवल, १९ फागुन : प्रदेश नम्बर ५ का मुख्यमन्त्री शङ्कर पोखरेल र जर्मनीका राजदूत रोल्याण्ड स्याफरसहितको एक टोलीले आज मुख्यमन्त्री कार्यालयमा भेट गरेको छ । भेटमा टोलीले प्रदेश सरकारका प्राथमिकता, हालसम्म भएका काम र सहयोगका क्षेत्रबारे जानकारी लिएको छ । 

मुख्यमन्त्री पोखरेलले सङ्घीयता कार्यान्वयनको पहिलो वर्षमा रहेको प्रदेश सरकारले अहिले कानून निर्माण र आवधिक योजना निर्माणलाई प्राथमिकता दिएको तथा सङ्घीय संरचनाअनुसार साङ्गठनिक संरचना तयार भएको जानकारी दिए ।

उनले सङ्घीयता कार्यान्वयनका लागि विश्वका अनुभव अध्ययन गर्ने क्रममा जर्मनीको अनुभव पनि अध्ययन गरेको र नेपालको सङ्घीयता मौलिक चरित्रको भएको बताए । साथै मुख्यमन्त्री पोखरेलले प्रदेशको समृद्धिबाट मुलुकको विकासलाई अघि बढाउन खोजेको जानकारी दिए ।  

मुख्यमन्त्री पोखरेलले नेपालको विकास प्रयासमा जर्मनीको निरन्तर सहयोग रहेकोप्रति प्रशंसा गर्दै प्रदेशको विकास प्रयासमा जर्मनीको सहयोगको अपेक्षा गरेको धारणा राखे । 

भेटमा राजदूत स्याफरले जर्मनीको सहयोग र लगानी प्रदेशको प्राथमिकताका आधारमा गर्न चाहेको बताए । उनले लगानीका लागि प्राथमिकताका क्षेत्र, अनुकूल कानूनी वातावरण, तालिमप्राप्त जनशक्ति लगायतका विषयमा जिज्ञासा समेत राखेका थिए ।  

भेटमा राजदूत स्याफरले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन र व्यवस्थापनमा जर्मनीको इच्छा रहेको जानकारी दिए । भेटमा जर्मन संसद्का सदस्य टोविया पिफुगर, बेटिना स्टर्क, गबिइले कट्मार्क, संसद्का प्रमुख मोनिका हेइन लगायतको सहभागिता रहेको मुख्यमन्त्रीका प्रेस सल्लाहाकार शेरबहादुर केसीले जानकारी दिए ।  

भेटमा टोलीले केही दिनअघि हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको निधन भएकामा स्तब्ध भएको भन्दै सहानुभूति व्यक्त गरेको छ ।

यस्तै उक्त प्रतिनिधिमण्डलले आजै प्रदेशसभा सभामुख पूर्णबहादुर घर्तीसँग भेट गरेको छ । प्रतिनिधिमण्डलबीच प्रदेशसभा सचिवालय बुटवलमा भेट भएको सभामुखका प्रेस सल्लाहाकार गणेश वलीले जानकारी दिए ।  

सो अवसरमा उपसभामुख कृष्णी थारू र प्रदेशसभा प्रदेश ५ का सचिव दुर्लभकुमार पुन लगायतको उपस्थितिमा भएको भेटमा प्रदेशसभा सञ्चालन र सङ्घीयता कार्यान्वयन लगायतको विषयमा छलफल भएको थियो । (रासस)