🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

यू-१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिता : नेपालको पहिलो खेल म्यानमारसँग

काठमाडौं, ३० फागुन : एसीसी सोह्र वर्षमुनि (यू–१६) पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा म्यानमारको सामना गर्ने भएको छ । 

थाइल्याण्डमा आगामी अप्रिल २० देखि २८ तारिखसम्म आयोजना हुने उक्त प्रतियोगतामा नेपालले आफ्नो पहिलो प्रतिद्वन्द्वी म्यानमार पाएको आयोजक थाइल्याण्डद्वारा सार्वजनिक गरेको खेल तालिकामा उल्लेख छ । खेल तालिकाअनुसार नेपालले आगामी अप्रिल २० तारिखमा म्यानमारको सामना गर्नेछ । 

३५ ओभरमा खेलाइने उक्त प्रतियोगितामा विभिन्न ८ राष्ट्र सहभागी छन् । जसलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा नेपालसहित म्यानरमार, मलेसिया र आयोजक थाइल्याण्ड छन् भने समूह बी मा हङकङ, सिंगापुर, भुटान र चीन रहेको छ । 

त्यस्तै नेपालले आफ्नो दोस्रो खेल मलेसियासँग अप्रिल २४ मा खेल्नेछ भने समूहको अन्तिम खेल अप्रिल २५ तारिखमा आयोजक थाइल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । 

प्रतियोगिताको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । त्यस्तै नेपाल साविक विजेता पनि हो । अघिल्लो संकरणको फाइनल खेलमा नेपालले सिङ्गापुरलाई पराजित गर्दै उपाधिमाथि कब्जा गरेको थियो । (रासस)