काठमाडौं, ३ चैत : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीमती सीता दाहालको स्वास्थ्य उपचारका लागि आज अमेरिका प्रस्थान गर्दैछन् ।
अध्यक्ष दाहालको सचिवालयले जारी गरेको प्रेस नोट अनुसार दाहाल आज साँझ अमेरिका प्रस्थान गर्न लागेका हुन् । अमेरिकाको जोन हकिङ्स् अस्पतालमा श्रीमती सीताको पार्किन्सन रोगको उपचार हुनेछ ।
पत्नी सीतालाई मधुमेह र उच्च रक्तचापको समेत समस्या रहेको छ । उनको गत असोजमा सिङ्गापुरमा समेत उपचार भएको थियो ।



