स्थानीय तहको निर्वाचनको परिणाम हेर्दा नेपाली जनताले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले अघि सारेको संविधान संशोधन प्रस्ताव असहमति जनाएको निष्कर्ष निकाल्न सकिन्छ । राष्ट्रिय जनता पार्टीले स्थानीय निर्वाचन बहिष्कार गर्नको निम्ति जनतास“ग गरेको आह्वानलाई मधेशी जनताले समेत अस्वीकार गरे । यसबाट स्थानीय निकायका पदाधिकारीको अधिकार कटौती गर्ने, प्रदेशको सीमांकनमा हेरफेर गरेर तराई क्षेत्रमा दुईवटा मात्र प्रदेश कायम गर्ने र नागरिकता सम्बन्धी कानूनी व्यवस्थालाई अझै खुकुलो पार्ने जस्ता राजपाले अघि सारेका मागप्रति तराईका बहुसंख्यक जनताले चासो नराखेको मात्रै होइन ‘‘रिजेक्ट’’ नै गरेको देखिएको छ ।
राजपाका शीर्षस्थ नेताहरूले भारतले सीमावर्ती क्षेत्रमा बा“ध तथा सडक बनाएर नेपाली भूभाग जलमग्न भएर सीमावर्ती नेपाली भूभाग मानिसहरूको बिचल्ली हु“दा पनि भारतीय पक्षस“ग सीमावर्ती क्षेत्रमा बा“ध र सडक बनाउने काम नगर्न अनुरोध गरेको पाइ“दैन । अहिले स्थानीय निर्वाचनमा उम्मेद्वारहरू सीमावर्ती भारतीय भूभागमा मत माग्न जानुपर्ने स्थिति आउ“दा पनि गैरकानूनी ढंगले वितरण गरिएका नागरिकताका प्रमाणपत्रको छानबिन गरी विदेशी नागरिकले झुटो विवरण पेश गरेर लिएको नागरिकता खारेज गर्ने निर्णय गर्न नेपाल सरकारलाई दबाब दिएर तराई क्षेत्रमा बसोबास गर्ने मानिसको हक, अधिकारको संरक्षण गर्ने प्रयास पनि गरेको देखिदैन ।
तराई क्षेत्रमा बसोबास गर्ने डोम, मुसहर, राउटेजस्ता अति पछाडि परेका समुदायका मानिसहरूको हक, अधिकारको सुरक्षाका निम्ति आवाज उठाउने काम नगरेर तराईका सुविधा सम्पन्न समुदायका मानिसहरू र दलित तथा अत्यन्त पछाडि परेका र पारिएका समुदायका मानिसहरूलाई एकै ठाउ“मा राखेर हेर्ने कुरामा जोड दि“दै आएको छ । यसबाट राजपाका नेताहरूले तराईका दलित र अति विपन्न समुदायका मानिसहरूको उत्थानको आवश्यकताप्रति समेत आ“खा चिम्लि“दै आएको अनुभव त्यहा“का दलित तथा विपन्न समुदायका मानिसहरूले गर्दै आएको पाइन्छ । राजपाका नेताहरूले आफ्नो निजी पद प्राप्तिको अवसरलाई सुनिश्चित बनाउने र अरु र खास गरी भारतीय नेताहरू र संस्थापन पक्षस“ग राम्रो सम्बन्ध बनाउने कुरालाई तराईमा बसोबास गर्ने जनसाधारणको समग्र हित र सुविधाको कुरालाई भन्दा बढी महत्व दि“दै आएको अनुभव समेत त्यहा“का जनताले गर्दै आएको देखिन्छ ।
राजपाका नेताहरूले आफ्नो दलले प्राप्त गरेको मतको आधारमा संविधानसभामा समानुपातिक रुपमा निर्वाचित हुने सदस्यमा तराईका सबै क्षेत्र र समुदायको प्रतिनिधित्व गराउने काम नगरेर आफ्नै श्रीमती वा परिवारका अरु सदस्यको मनोनयन गरेको देखेर पनि राजपाका नेताहरूस“ग तराईका जनताहरू असन्तुष्ट रह“दै आएका छन् । यसले गर्दा स्थानीय निकायको निर्वाचनमा भाग नलिन राजपाका नेताहरूले आह्वान गर्दागर्दै पनि तराई क्षेत्रमा बहुसंख्यक जनताहरूले निर्वाचनमा उत्साहपूर्वक मतदान गरेका छन् । स्थानीय तहको निर्वाचनको परिणामलाई राजपाले जनताको चाहनाको रुपमा स्वीकार गरेर सो अनुरुप आफ्नो राजनीतिक कार्यदिशाको पुनरावलोकन र निर्माण गर्ने हो भने मात्र राजपाले तराईका जनताको र पहाडी तथा हिमाली क्ष्ँेत्रका जनताको समेत मन जित्न सक्ने देखिन्छ । सत्तारुढ दलहरू नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले पनि देशको सबैभन्दा ठूलो राजनीतिक पार्टीको रुपमा स्थानीय निर्वाचनले स्थापित गरेको पार्टीको वेवास्ता गरेर राजपाले जे जे भन्छ त्यहीत्यही गरे मात्रै आफ्नो दल र सरकारलाई फाइदा पुग्छ भन्ने सोचको परित्याग गर्नुपर्छ । त्यसो नगरेर गल्ती गर्दै गए भने आगामी निर्वाचनमा अर्को हविगत ब्यहोर्नु पर्ने निश्चित छ । अहिले सम्पन्न दुई चरणको निर्वाचनले सबै दलस“ग नया“ सोच र साहसको माग गरेको छ ।



