🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

निर्वाचनको नतिजा ः कुन दललाई के सन्देश ? माओवादी के कारणले प¥यो मारमा

दोस्रो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ र सबै स्थानको मत परिणाम समेत सार्वजनिक भएको छ । स्थानीय निर्वाचनमा नेकपा एमालेले पहिलो स्थान प्राप्त गरेको छ र नेपाली कांग्रेसले दोस्रो स्थान प्राप्त गरेको छ । नेपाली कांग्रेसलाई यस मानेमा भाग्यमानी मान्नुपर्छ कि यस निर्वाचनमा नेकपा माओवादी केन्द्रका धेरै कार्यकर्ता र समर्थकको मत नेपाली कांग्रेसका उम्मेद्वारले प्राप्त गरेका छन् । 
 नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको यो तालमेलबाट नेपाली कांग्रेसलाई कति फाइदा भयो र नेकपा माओवादी केन्द्रलाई कति फाइदा भयो भन्ने कुरामा राजनीतिक समीक्षकहरूले आ–आफ्नै हिसाबले फरक फरक निष्कर्ष निकाल्ने सम्भावना पनि छ । यो तालमेलले नेपाली कांग्रेसले एक्लै चुनाव लडेको भए नजित्ने अनुमान गरिएका ठाउ“मा चुनाव जितेको कुरालाई सबैजसोले स्वीकार गरेका छन् । यसबाट नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको बीचमा तालमेल नभएको भए नेपाली कांग्रेसले अहिले नेपाली कांग्रेसले जितेभन्दा थोरै ठाउ“मा मात्र चुनाव जित्ने थियो भन्ने निष्कर्ष निकाल्न सकिन्छ । अनि कांग्रेस र माओवादी केन्द्रको तालमेल नभएको भए नेकपा एमालेले अहिलेभन्दा धेरै ठाउ“मा चुनाव जित्ने रहेछ भन्ने निष्कर्ष समेत निस्कन जान्छ । यसरी अहिले नेकपा एमाले देशमा सबैभन्दा जनप्रिय राजनीतिक दल हो भन्ने कुरा मतदाताले नै प्रमाणित गरेको देखिन्छ । 
पछिल्लो दशकमा नेकपा माओवादी(अहिलेको माओवादी केन्द्र)ले लिएका निर्णय र नीतिहरूको कारणले गर्दा यस दलप्रतिको समर्थनमा क्रमशः गिरावट आएको तथ्य पछिल्ला निर्वाचन परिणामहरूले देखाएको छ । यस पार्टीले नेपाली समाजका निश्चित समुदाय र जातिका मानिसहरूलाई खुसी पार्ने उद्देश्य राखेर निर्माण गरेको होला कि भन्ने अनुमान गरिने खालका केही नीति निर्णयहरूबाट निष्कर्ष निकाल्न सकिन्छ । अनि यो माओवादी केन्द्र पार्टीप्रतिको ती समुदाय र जाति विशेषको विश्वास प्राप्त गर्न सकेको छैन भन्ने कुरा अहिलेको निर्वाचन परिणामले पनि देखाउ“छ । अर्कातिर एउटा वा खास खास समुदाय र जाति विशेषप्रतिको यस पार्टीको अनुरागले ती समुदाय विशेषको विश्वासलाई चाहिं यस पार्टीको अनुरागले ती समुदाय वा जाति विशेषका मानिसहरू बाहेकका जाति र समुदाय विशेषको विश्वासलाई चाहिं यस पार्टीले केही हदसम्म गुमाएको छ भन्ने कुरालाई निर्वाचनले प्रमाणित गरेको मान्न सकिन्छ । 
चुनावी तालमेलबाट 
मा.के.लाई नोक्सान
 अहिले मा.के.ले नेपाली कांग्रेसस“ग गरेको चुनावी तालमेलबाट पनि यस पार्टीलाई तत्काल केही लाभ भएको जस्तो देखिएपनि पार्टीको प्रभाव र शक्तिको विस्तार गर्नका लागि मद्दत पुग्ने देखिदैन । उल्टै यस निर्वाचनले पार्टी विशेषको सदस्य नभएका र नेकपा माओवादी केन्द्रलाई नेपाली कांग्रेस र नेकपा एमालेको एउटा विकल्पको रुपमा हेर्दै आएका मानिसको विश्वास समेत यस चुनावपछि माओवादी केन्द्रले गुमाएको जस्तो देखिन्छ । 
 यस चुनावले पहिले नेकपा माओवादी केन्द्रको निकट रहेका केही सामान्य मानिसहरू स्थायी रुपले नै नेकपा एमालेको नजिक पुग्ने वातावरणको सिर्जना भएको छ भने नेपाली कांग्रेसको नजिक रहेका मानिसहरू त्यही अनुपातमा यस पार्टीको नजिक हुने सम्भावना चाहिं रहेको देखिदैन । दोस्रो संविधानसभाको निर्वाचन भएपछि पनि पहिले शान्तिपूर्ण र निष्पक्ष रुपले निर्वाचन भयो भनेर खुसी व्यक्त गर्ने र त्यसको लगत्तै निर्वाचनमा धा“धली भयो भनेर मत परिणाम बहिष्कार गर्ने र संविधानसभामै भाग नलिने कुरा बताउने जस्ता अदूरदर्शी र अपरिपक्व जस्ता लाग्ने कार्य नेकपा माओवादी केन्द्रले गरेको अनुभव नेपाली समाजको एउटा ठूलो अंशले गरेको थियो । अहिले नेपाली कांगे्रसस“ग चुनावी तालमेल गर्ने निर्णयबाट पनि माओवादी केन्द्रलाई राजनीतिक फाइदा भन्दा राजनीतिक हानी नै बढी होला कि भनेजस्तो देखिन्छ । 
राजापाप्रति वितृष्णा 
 नवगठित राष्ट्रिय जनता पार्टीको नेतृत्वले पछिल्लो समयमा गर्दै आएका निर्णयहरूले पनि जनसाधारणको मन जित्न सकेको देखिदैन । यस पार्टीले पहिलो चरण र दोस्रो चरणको निर्वाचनमा भाग नलिएको र चुनावमा भाग नलिन जनसाधारणलाई आह्वान गर्ने र निर्वाचन कार्यमा अवरोध पु¥याउने घोषित उद्देश्य राखेर विरोध कार्यक्रम संचालन गर्ने काम गरेको भए पनि ०७४÷७५ प्रतिशत मतदाताले उत्साहपूर्वक निर्वाचनमा भाग लिएका छन् । राजपाले जहा“को जनताको हित अनुरुप चुनाव छैन भनेर निर्वाचन बहिष्कारको निर्णय ग¥यो त्यहा“का जनताले पनि देशका अरु भागका जनताले जत्तिकै उत्साहपूर्वक निर्वाचनमा भाग लिएका छन् । यसबाट राजपाले जुन क्षेत्रको जनताले पनि राजपाको भन्दा नेपाली कांगे्रस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम र लोकतान्त्रिक फोरमको नीति, कार्यक्रम र कार्यक्रमप्रति बढी विश्वास प्रकट गर्छन् भन्ने कुरा स्थानीय निर्वाचनमा ती  क्षेत्रका जनताले निर्वाचनमा भाग लिएका पार्टीलाई दिएको मतले देखाएको छ । यसबाट राष्ट्रिय जनता पार्टीले अंगालेको कार्य नीति पनि राजपकै निम्ति प्रत्यूत्पादक भएको र हुनसक्ने देखिन्छ । 
राजपाका नेताहरूले आफ्नो ठूलो प्रभाव क्षेत्र मानेको जस्तो देखिने प्रदेश नं.२ को स्थानीय निर्वाचन २०७४ असोज २ गते गर्ने घोषणा र तयारी सरकारले गरेको छ । 
 राजपाले ढिलो भएपनि दल दर्ता गरेको छ । अब यो दलले निर्वाचनको तयारी राम्रँेसंग थाल्ने हो भने प्रदेश नम्बर २ मा रहेको आफ्नो दलप्रतिको समर्थन कायम राख्न र बढाउन राजपालाई मद्दत पुग्ने अनुमान समेत गर्न सकिन्छ । राजपाले निर्वाचनमा भाग लिने भएपछि संघीय समाजवादी फोरम र विजय गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमलाई त्यसको प्रत्यक्ष असर पुग्ने अनुमान गर्न सकिन्छ ।