चितवन ,१० चैत । चितवनको एक होटलमा सेफ्टीट्याङकीमा खसेर गैंडा मरेको छ । राप्ती किनारमा निस्किएको गैंडा भरतपुर महानगरपालिका २३ मा रहेको होटल टाईगर ल्याण्डको सेफ्टीट्याङकीमा खसेर मरेको हो ।
चितवन राष्ट्रिय निकुन्जका प्रमुख संरक्षण अधिकृत बेद कुमार ढकालका अनुसार सेफ्टीट्याङकी माथिल्लो भाग कमजोर भएका कारण बिहान साँढे चार बजे करिब २० बर्षको पोथी गैडा सेफ्टीट्याङकीमा खसेर मरेेको बताए ।
मृत्युको कारणबारे थप अनुसन्धान भइरहेको ढकालले बताए । गैडाको चितवन राष्ट्रिय निकुन्जको प्राविधिक टोलीले पोष्टमार्टम गरिसकेको छ ।




