काठमाडौं, १० बैशाख । काठमाडौं बालाजु बस्ने नुवाकोट शिवपुरी गाउँपालिका-८ की १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं स्वयम्भू घर भएका २७ वर्षीय राजु नगरकोटीलाई सोमबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।
किशोरीलाई चैत २२ गते ललाईफकाई स्यूचाटारस्थित कोठामा राखी जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



