(मान्छे सबै बराबरी कहा“ हुन्छन् र ? सोचाइ पनि फरक हुन सक्छ । भोगाइ पनि फरक हुन सक्छ । जब हातका पा“च औंलाको लम्बाइ र मोटाइ त मिल्दैन भने अरुको के कुरा । यो कुरा ३६ वर्षे नुवाकोटे कमला पाण्डेलाई पनि थाहा छ । त्यसैले त उनी आफ्नो काममा दिनरात नभनी खटिन्छिन् आफ्नो पीडासंगै । तर ‘धोका दिनेलाई के भनौं र खोइ ?’ भनेझैं उनले जीवनसाथीबाट पाएको धोका त छ“दैछ त्यसमा नूनचुक छर्किएको छ ‘‘लेकतन्त्रवादी सरकार’’ले । बल्लबल्ल आफूसंग भएको सफा ट्याम्पु ‘‘लेकतन्त्रवादी सरकार’’ले २० वर्षे नियममा पारी चलाउन नदिएपछि उनी ‘मर्नु न बा“च्नु’ भएको बताउ“छिन् । साहसी महिला कमलालाई यो ‘‘लेकतन्त्रवादी’’ भनिएको सरकारले आफूहरूको पीडा बुझिदिने आशा भने मरेको छैन । उनै बा १ ह ३९३५ नम्बरको ट्याम्पु हा“क्दैगर्दा भेटिएकी कमला पाण्डेसंग सा“घु प्रतिनिधिले गरेको यो कुराकानीको मुख्य अंश (सं.)
सा“घु–गाडी चलाउन थालेको कति भयो ?
कमला पाण्डे–भयो १५ वर्ष ।
सा“घु–कसरी आउनु भयो त यो लाइनमा ?
कमला पाण्डे–सीता थापा भन्ने साथी हुनुहुन्थ्यो । उहा“ले ट्याम्पु चलाउनु हुन्थ्यो । अनि मलाई पनि लिएर आउनु भयो र सिकाउनु भयो । लाइसेन्स लिएर मैले पनि चलाउन थालें । पारिवारिक अवस्थाले गर्दा यो लाइनमा आइयो अब त यो नै सबैथोक भयो ।
सा“घु–कस्तो छ गाडी लाइन ?
कमला पाण्डे–कस्तो हुनु नि । निल्नु न ओकल्नुको जस्तो भएको छ । महिलालाई यस्तो काम कहा“बाट सहज हुन्थ्यो र ।
सा“घु–अनि परिवारले कसरी दियो त ?
कमला पाण्डे–आर्थिक समस्या थियो अनि यो काम गर्ने अनुमति दियो भन्नुप¥यो ।
सा“घु–अनि बिहे त भयो होला ?
कमला पाण्डे–बिहे त भयो नि । यही लाइनमा आएपछि एकजना प्रहरीसंग बिहे भएको हो । साथीमार्फत चिनजान भएको थियो । त्यसपछि केही वर्ष त संगसंगै बस्यौं । तर त्यो हाम्रँे पारिवारिक हा“सो र खुशी धेरै दिन रहेन । श्रीमान् अचानक बेपत्ता हुनुभयो । बेपत्ता भएको नै १२ वर्ष भइसकेको छ । उहा“ कता जानु भयो केही पनि थाहा छैन । उहा“का आफन्त र परिवार कसैलाई पनि जानकारी हुन सकेन । अहिले त आशा लाग्न छाडिसक्यो । साथमा १३ वर्षको छोरा छ । तर उहा“ हुनुहुन्न । अब त्यही छोरालाई नै पढाउने हुर्काउने काम गर्नलाई संघर्ष गर्दैछु ।
सा“घु–अनि कसरी संघर्ष गर्दै हुनुहुन्छ त ?
कमला पाण्डे–बा १ ह ३४३४ नम्बरको ट्याम्पु छ । त्यही चलाउने गर्दथें । तर सरकारले हाम्रा बालबच्चाको गा“स खोस्ने र हामीलाई मार्ने नीति ल्यायो । त्यसैले चार महिनादेखि बा १ ह ३४३४ ट्याम्पु थन्किएको छ ।
सा“घु–कसरी नि ?
कमला पाण्डे–सरकारले २० वर्ष पुराना गाडी चलाउन नदिने नीति ल्यायो । तर उसले सफा ट्याम्पु ब्याट्रीबाट चल्ने भएकाले गर्दा यसमा कुनै खरावी छैन । यसमा मोटर, गियर र क्राउन हुन्छ । केही नराम्रो छैन । प्रदुषण हुने पनि कुरै भएन । तर विवेकहीन सरकारले हामीप्रति गद्दारी ग¥यो । पहिले त सफा ट्याम्पुलाई ३० वर्षे लगाउने रे भन्ने कुरा पनि गरे । तर पछि भने त्यही २० वर्ष नै हो भने । यसले रोजीरोटी, गा“स खोस्नेमात्र होइन महिला र उसका परिवारलाई मार्ने काम सरकारले गर्दैछ । महिलालाई पीडा दिन नै जनविरोधी सरकारले सफा ट्याम्पुमाथि २० वर्षे नियम लगाएको छ ।
सा“घु–महिलालाईमात्र कसरी पीडा दिने कुरा भयो र ?
कमला पाण्डे–काठमाडौंमा सात सय सफा ट्याम्पु छन् । तीमध्ये पा“च सय जति महिला छन् । ती महिलाहरू प्राय एकल छन् । ती महिलाहरू घरबाट तिरस्कृत भएर सफा ट्याम्पु चलाएर हातमुख जोड्दै थिए । सफा ट्याम्पु हा“क्ने महिलाहरू प्रायःले श्रीमान्ले छोडेका एक्लै बसेका छन् । यो रोजगारीका हामी महिला श्रीमान्विहीन छौं । यस्तो भइसकेपछि सरकारले गरेन त गा“स खोस्ने र महिलालाई पीडा दिन काम । अब हामीले हाम्रो परिवार र ज्यान कसरी पाल्ने । सरकारले उचित व्यवस्था नगरेसम्म यसरी रोक्का गर्न पाइन्छ ? कैयौं महिनादेखि म गरीबको गाडी थन्किएको छ । अब त्यसको क्षतिपूर्ति कसले तिर्ने ? मैले पनि ऋण गरेर थोरै पू“जी लगानी गरेर ट्याम्पु किनें । अब त्यो के गर्ने ? मेरो पनि बैंकको ऋण छ । त्यो कसले तिरिदिने ? अहिले १०० वटा जति सफा टेम्पु थन्किइसकेका छन् । अबको ७÷८ महिनापछि तीन चारसय गाडी थन्किदैछन् ।
सा“घु–काठमाडौं बाहिर चल्न दिने भनेको हो कि ?
कमला पाण्डे–काठमाडौं बाहिर यो असफल भइसक्यो । पहिले चितवनमा लगेको थियो । ब्याट्री चार्ज गरिरहनु पर्छ । एक जोडी ब्याट्रीको दुई लाख रुपैया“ पर्छ । त्यो ब्याट्री चार्ज हुन नपाए बिग्रिन्छ । अब मैले के गर्ने ?
सा“घु–अब के गर्नु हुन्छ ?
कमला पाण्डे–यो मेरोमात्र समस्या होइन । सफा टेम्पु वाला अरु पनि पीडित छन् । उनीहरू पनि अन्योलमा छन् । सरकारले उचित व्यवस्था गर्नुपर्छ । होइन भने अब हामी आन्दोलनमा जानुको विकल्प छैन ।




