🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

दुई ठूला पार्टीका कारण सङ्घीयता कार्यान्वयनमा अवरोध : उपेन्द्र यादव

विराटनगर, १५ वैशाख। उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले दुई ठूला पार्टीका कारण सङ्घीयता कार्यान्वयनमा अवरोध सिर्जना गरिएको आरोप लगाएका छन ।

सङ्घीय समाजवादी फोरम नेपालको प्रदेश नं १ प्रथम राष्ट्रिय एकता अधिवेशन उद्घाटनका अवसरमा उनले मधेश आन्दोलन तथा अन्य आन्दोलनको कारण नेपाली काङ्ग्रेस र नेकपाले बाध्य भएर सङ्घीयता स्वीकार गरेको बताए । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री यादवले सङ्घीयताअनुसार निर्माण गरिएको प्रदेश सरकारको अधिकारमा समेत कटौती गरिएको बताए ।

उपप्रधानमन्त्री यादवले ठूला पार्टीले एकल जातिय सोचबाट बाहिर निस्केमा मात्र सङ्घीयताको प्रभावकारी कार्यान्यव हुने प्रष्ट पारे । पार्टीका वरिष्ठ नेता अशोक राईले सङ्घीयतालाई बलियो बनाउन पुनः एक पटक मधेश आन्दोलनको आवश्यकता भएको बताए ।

उनले सङ्घीयता र समाजवादबाटै मुलुकका सबै समस्या समाधान हुने र उत्पादन वृद्धिका साथै न्यायपूर्ण वितरण प्रणालीको विकास गर्नुपर्नेमा जोड दिए । दुई दिनसम्म चल्ने सो अधिवेशनमा प्रदेशअन्तर्गतका १४ जिल्लाका पार्टी प्रतिनिधिको सहभागिता छ । रासस