🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कालो सूचिमा धोकेबाज चिनिया कम्पनी

काठमाडौं, बैशाख १६ गते । सरकार चीनसंगको सामिप्यता बढाउँदैछ । अन्तर्राष्ट्रिय सहयोगका लागि आयोजित दोस्रो बेल्ट एण्ड रोड फोरममा नेपालले राखेको प्रस्ताव पारित हुनु र पारवहन सन्धिको प्रोटोकलमा हस्ताक्षर हुनुलाई परराष्ट्रविद्हरु ठूलो उपलब्धिका रुपमा व्याख्या गर्दैछन् । तर, छिमेकी देशको विकास निर्माणमा सघाउन उत्तरबाट झरेका निर्माण कम्पनी भने बेइमान देखिन थालेका छन् ।

 इटालियन कम्पनीले मेलम्ची खानेपानी आयोजनाको काम अलपत्र छाडेजस्तै कतिपय चिनियाँ  कम्पनीले पनि कबुल अनुसारको काम गर्न आनाकानी गरेका छन् । चीनस“ग नेपाल जति नजिकिदैछ, त्यस्ता बेइमान कम्पनीको सूची पनि तन्किन थालेपछि चीनसंग सफ्ट कर्नर राख्नेहरु हच्किन थालेका छन् ।

अधिकांश चिनियाँ कम्पनीमा सम्झौताअनुसार काम नगर्ने प्रवृत्ति पछिल्लो समय ह्वात्तै बढेको सरकारी अधिकारीहरु बताउँछन् । चिनियाँ  कम्पनीहरुले कबुलअनुसार काम नगरी लत्तो छाड्न थालेपछि त्यस्ता कम्पनीप्रति सरकारी निकायहरु कडारुपमा प्रस्तुत हुन थालेका छन् । 

सच्चाइका लागि पटक–पटक दिइएको सुझाव पालना नभएपछि हालै २ चिनियाँ  निर्माण कम्पनीलाई सरकारले कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको छ । कालोसूचीमा पर्ने खतरा बढेको निर्माण कम्पनीमा विगतमा राम्रो छवि बनाएको China Shanxi Construction Engineering (Group) Corporation अग्र पंक्तिमा छ । यसले सुरुका दिनमा निकै राम्रो काम गरेको थियो । त्यही गुडविलका आधारमा उसले विभिन्न आयोजनाको ठेक्का हात पा¥यो । तर, नागरिक उड्डयन प्राधिकरणको ठेक्कामा यो कम्पनीले गति छाडेको स्रोत बताउछ ।

China Shanxi लाई प्राधिकरणले हवाई यातायात क्षमता अभिवृद्धिको जिम्मा दिएकोमा उसले कबुल पूरा गर्न आनाकानी गरेको हो ।

कबुलअनुरुप China Shanxi ले काम नगरेपछि नागरिक उड्डयन प्राधिकरण विश्वासघात भएको निष्कर्षमा पुगेको छ । उसले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गतको सार्वजनिक खरीद अनुगमन कार्यालयलाई कालोसूचीमा राख्न पत्राचार गरेको बुझिएको छ । तर, खरीद अनुगमन कार्यालयले कालोसूचीमा राखिसकेको भने छैन ।

स्पष्टीकरणका लागि वैशाख ६ गते सात दिनको म्याद दिएर जवाफ पेस गर्न कार्यालयले गरेको आग्रहमा अटेरी गरेपछि उसले दोस्रोपटक काम अलपत्र पार्नुको जवाफ मागेको छ । तर, China Shanxi  अहिलेसम्म खरीद अनुगमन कार्यालयको सम्पर्कमा नगएकाले कालोसूचीमा पर्ने खतरा बढेर गएको छ । 

नागरिक उड्डय प्राधिकरण जस्तै नेपाल विद्युत् प्राधिकरण पनि चिनिया“ कम्पनीलाई विश्वास गर्दा बिलखबन्दमा परेको छ । विद्युत् प्राधिकरणले विश्वास गरेर चीनको सेन्ट्रल चाइना पावर ग्रिड इन्टरनेशनल इकोनोमिक एण्ड ट्रेड को–अपरेटिभ लिमिटेडलाई हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन आयोजनाको ठेक्का दिएको थियो । तर, चाइना सान्छीजस्तै चीनको अर्को कम्पनीले पनि विश्वासघात गरेको छ ।

कबुल अनुसारको काम यो आयोजनाले नगरेपछि प्राधिकरणले हालै यसलाई कालोसूचीमा राख्न सार्वजनिक खरीद अनुगमन कार्यालयलाई पत्राचार गरेको छ । प्राधिकरणको पत्राचारपछि अनुगमन कार्यालयले सातदिने सूचना जारी गरे पनि अहिलेसम्म सम्पर्कमा नआएको स्रोतले जनाएको छ ।