🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पर्सा क्षेत्र नं १ मा प्रभावशाली नेताबीच रोचक भिडन्त

वीरगञ्ज, २१ कात्तिक (रासस) : दोस्रो चरणमा मंसिर २१ गते हुने प्रतिनिधि तथा प्रदेश सभाका लागि उम्मेदवारी दर्ता भएसँगै अहिले पर्साको नगर र गाउँगाउँमा चुनावी गतिविधि तीव्र बनेको छ । विशेष गरी अहिले पर्साको सर्वाधिक चर्चाको विषय बनेको छ क्षेत्र नं १ ।

जिल्ला सदरमुकाम वीरगञ्जसहितको महत्वपूर्ण क्षेत्र समेटिएको यो निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा नेपाली काँग्रेसबाट अनिल रुगंटा र संघीय समादवादी फोरम नेपालबाट पर्सा जिल्ला अध्यक्ष प्रदीप यादव उम्मेदवार बनेका छन् ।

मधेश आन्दोलनको केन्द्रबिन्दु र आर्थिक नगरीका रुपमा रहेको पर्साको क्षेत्र नं १ मा प्रभावशाली रहेका रुगंटा र यादव आमनेसामने भएपछि यहाँका मतदाता मात्र नभई मधेशका अन्य जिल्लाका मतदातासमेतमा को जित्ने होला भन्ने चासो बढ्न थालेको छ ।

यो क्षेत्रमा वाम गठबन्धनबाट विचारी यादव उम्मेदवार बनेका छन् । उनको उम्मेदवारीले पनि यहाँको चुनावी प्रतिष्पर्धालाई रोमाञ्चक बनाइदिएको छ ।

संघीय समाजवादी फोरमका वियज सरावगीले वीरगञ्ज महानगरपालिकाको प्रमुख पद जितेकाले क्षेत्र नं १ मा यादवको स्थिति राम्रो रहेको लख मतदाताले काटेका छन् । काँग्रेस उम्मेदवार रुगंटा माडवाडी समुदायका हुन् र उनले जातिगत रुपमै पनि राम्रै भोट पाउने अर्काथरिको विश्लेषण छ ।

दुवै उम्मेदवारले समृद्ध वीरगञ्जको नारा दिँदै आएका छन् । क्षेत्र नं १ मा ६७ हजार ४०५ मतदाता रहेका छन् ।
–––