🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

संचार मन्त्रीको समितिबाट  किन  ‘आउट’ भए राससका अध्यक्ष  ?!

काठमाडौं । सरकारले गठन गरेको गणतन्त्र दिवस प्रचार÷प्रसार उपसमितिबाट राष्ट्रिय समाचार समिति (रासस) अध्यक्ष भने ‘आउट’ भएका छन् । सरकारले आगामी जेष्ठ १४–१६ गते विभिन्न कार्यक्रमका साथ मनाउन लागेको गणतन्त्र दिवस कार्यक्रमको प्रचारप्रसार उपसमितिबाट राससका अध्यक्षलाई आउट गरिएको खबर छ । 

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाको संयोजकत्वमा २०७६ साल वैशाख २२ गते गठन गरिएको उक्त उपसमितिमा काठमाडौं, ललितपुर, भक्तपुरका जिल्ला समन्वय समितिका प्रमुख, सञ्चार मन्त्रालयका सचिव, राष्ट्रिय समाचार समितिका महाप्रबन्धक, नेपाल टेलिभिजन र गोरखापत्र संस्थानका अध्यक्षहरु, रेडियो नेपालका कार्यकारी निर्देशकलगायत रहेका छन् ।

तर, राससका महाप्रबन्धकलाई राखिएको उक्त उपसमितिमा सोही संस्थाका कार्यकारी अध्यक्ष हरिहर अधिकारी (‘श्यामल’)लाई नराखिएसंगै मन्त्री उनीप्रति असन्तुष्ट रहेको संकेतका रूपमा हेरिएको छ । 

 २०७६ वैशाख १४ गते दलाई लामा सम्बन्धी राससमा प्रकाशित समाचारलाई लिएर मन्त्री बास्कोटा असन्तुष्ट रहेको बुझिएको छ । सोही प्रकरणमा रासस अंग्रेजी डेस्कका पत्रकारहरू मोहिनी रिसाल, सोमनाथ लामिछाने र जीवन भण्डारीलाई २०७६ वैशाख २३ गते स्पष्टीकरण सोधिएको उनीहरुले स्पष्टीकरणको जवाफ पनि दिइसकेको स्रोत  बताउछ । 

दलाई लामा सम्बन्धी उक्त समाचारमा दिल्लीमा रहेका दलाई लामा गम्भीर बिरामी भएर अस्पताल गएको र उपचारपछि घर फर्किएको विवरण उल्लेख थियो । दलाई लामाजस्तो विश्वविख्यात व्यक्ति उपचारपछि घर फर्किएको भन्ने सामान्य समाचारमा न त चीनका सम्बन्धमा केही उल्लेख छ, न त राष्ट्रपति विद्या भण्डारीको चीन भ्रमणलाई प्रभावित गर्ने कुनै प्रसंग नै ।

यस सम्बन्धमा राससमा दलाई लामाको समाचार नदिने भन्ने नीति भएको भए जाँदैन थियो तर त्यस्तो कुनै व्यवस्था नभएकाले सामान्य सोचेर दिएको तर गलत व्याख्या भएको राससका संचारकमीहरूको भनाइ छ । राससमा कुन समाचार दिने र नदिने ठोस नीति नहुँदा भद्रगोल अवस्था सिर्जना भएकाले दलाई लामाको समाचार गएको स्रोत  बताउछ ।  
(साँघु साप्ताहिक, २०७६ बैशाख ३०)