काठमाडौं, जेठ ५ गते। काँकडभित्ताबाट काठमाडौं आउँदै गरेको बस धादिङकाे गजुरी गा पा ६ बन्छेटारमा दुर्घटना भएको खबर छ । सो बस पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा खसेकाे प्रत्यक्षदर्शीले बताएका छन् ।
खबरका अनुसार, बसमा ३० जना यात्रु सवार रहेको बताइएको छ । बस नदीमा ढुबेकाले उद्दारकार्यमा ढिलाइ भइरहेको प्रहरीले जानकारी दिएको छ ।




