🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

यता पनि सार्वजनिक जग्गा अतिक्रमण गरेर ‘प्लटिङ’

साँखु, ९ जेठ (रासस)  : काठमाडौँको शङ्खरापुर नगरपालिकाको इन्द्रेणी र खुलालटारमा सार्वजनिक जग्गा अतिक्रमण गरेर ‘प्लटिङ’ गरेको पाइएको छ ।

नगरपालिकाको वडा नं ९ खुलालटारमा सार्वजनिक खोल्सा रहेको स्थानमा अतिक्रमण गरी खोल्सामा हिमपाइप राखेर निजी जग्गा प्लटिङ गरिएको हो ।

साँखुका स्थानीय दिलीपकुमार श्रेष्ठ भन्छन् , “यो क्षेत्रमा पहिला ठुलो खोल्सा थियो । अहिले यहाँ खोल्सामा हिमपाइप राखेर खोल्सा पुर्दै व्यक्तिले सार्वजनिक जग्गा नै प्लटिङ गर्न थालेका छन् ।''  

     स्काभेटरको प्रयोगले खोल्सा पुरेर प्लटिङ थालेको भए पनि सम्बन्धित निकायले बेवास्ता गरेको स्थानीयले आरोप लगाएका छन् । त्यस्तै वडा नं ९ इन्द्रेणीको साना गाउँमा इन्द्रेणी सामुदायिक वन नै अतिक्रमण गरेर प्लटिङ थालिएको छ । व्यक्तिको निजी जग्गा प्लटिङका लागि सामुदायिक वन मासेर जग्गामा बाटो लगिएको देखिन्छ । 

    अतिक्रमण भएको भन्ने सूचनाको आधारमा इलाका वन कार्यालयले सोही क्षेत्रकोे मुचुल्कासमेत उठाएको स्थानीयवासी बताउँछन् । नगरपालिकामा वन तथा सार्वजनिक क्षेत्र अतिक्रमण गरेर प्लटिङ गर्ने भूमाफिया सक्रिय रहेको भन्दै स्थानीयवासीले अतिक्रमण गर्नेलाई कारवाही गरी यस्ता कानून विपरीतका कार्य बन्द गराउन नगरपालिका समक्ष माग गरेका छन् ।

    सार्वजनिक जग्गाको अतिक्रमणको विषयमा रासससँग कुरा गर्दै वडा नं ९ का वडाध्यक्ष घनश्याम थापाले सार्वजनिक जग्गा अतिक्रमणको विषयलाई गम्भीरतापूर्वक लिएको बताए  । थापाले भने, “प्लटिङका लागि अतिक्रमण गरेर खोल्सामा राखिएको हिमपाइप निकाल्दै छौँ ।” बाँकी रहेको चार पाँच वटा पनि तत्काल निकाल्ने उनले जानकारी दिए  । 

    इन्द्रेणी सामुदायिक वन मासेर जग्गा प्लटिङको लागि बाटो लगेको विषयमा वडाध्यक्ष थापाले बाटो तत्काल बन्द गर्ने बताउँदै वनबाट वाटो लैजानु गलत भएको स्वीकार गरे  । वन मासेर सडक बनाएको क्षेत्रमा वडा कार्यालयले वृक्षरोपण गर्नेसमेत अध्यक्ष थापाले जानकारी दिए  ।
–––