🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

क्यासिनोबाट नेपालमै चलनचल्तीमा नरहेको भारतीय मुद्रा बरामद

धनगढी, २३ वैशाख  : होटेल साथीले सञ्चालन गरेको क्यासिनोमा प्रहरीले आइतबार अपराह्न छापा मार्दा नेपालमा चलनचल्तीमा नरहेको दशलाख पाँच हजार भारतीय मुद्रा बरामद भएको छ । 

होटेलको क्यासिनोमा छापा मारेर नेपालमा चलनचल्तीमा नरहेका रु ५०० र रु दुईहजार दरका भारतीय मुद्रा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वीरबहादुर बुढामगरले जानकारी दिए । प्रहरीले साथी होटेलका व्यवस्थापक सुजन दाहाललाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ ।

बरामद भएको भारु आन्तरिक राजश्व अनुसन्धान विभागमा पठाउने तयारी गरिएको छ । उक्त होटेलमा ‘किंग्स लञ्ज ग्यामिङ क्लब’ नामको क्यासिनो सञ्चालनमा रहेको छ ।