काठमाडौं , जेठ १० गते। अपराधी तत्वले गरेर खान पनि नदिने भए। रोजगारी नपाएर नेपाली युवाहरु खाडीको तातो घाममा आफ्नो जीवन गुमाई रहेका छन्। आफ्नै देशमा सानोतिनो रोजगारी दिने उद्योगमा आगो लगाएर खरानी पारिन्छ।
समाचार अनुसार, सामुदायिक बन उपभाेक्ता महासंघ नेपालका केन्द्रीय सदस्य एबं उद्मी भरत थापाकाे राैतामाई गा पा ७ मुर्कुची उदयपुरमा रहेकाे थापा जडिबुटी तथा वास्पिकरणकाे भण्डारण गरेकाे तेजपातकाे गाेदाममा अपराधी समूहले ध्वस्त पारेको छ।
उद्योगी श्याम तामाङका अनुसार, २०७६ जेठ ९ गते दिउँसाे ४ बजे आगजानी हुँदा करीव ४ कराेडकाे तेजपात रहेकाे उदयोग नष्ट पारिएको छ। आगलागीले सो उदयोगको २ कराेडकाे क्षति भएकाे भरत थापाकाे दावी रहेको छ। आगो स्थानीय र चारवटा दमकलकाे सहायताले नियन्त्रणमा लिइएको थियो ।




