🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

जेठ १५ गते नै तातोपानी नाका खोल्ने तयारी 

काठमाडौं, जेठ १० गते । २०७२ वैशाख १२ गते महाविनासकारी भूकम्पले ध्वस्त भएको सिन्धुपाल्चोकको तातोपानीस्थित नेपाल–चीनको महत्वपूर्ण ब्यापारिक नाका चार वर्षपछि खुल्ने भएको छ । तातोपानी नाका खोल्नका लागि नेपाल सरकारसंग मिलेर छिमेकी मित्र राष्ट्र चीनले निकै मिहिनेत गरेर सडक र पुलको काम सम्पन्न गरेकाले नाका खोल्न सम्भव भएको स्रोतले बताएको छ । 

स्रोतका अनुसार, नाका खोल्नासाथ ब्यापारिक कारोवार सुरु गर्नका लागि प्रहरी, प्रशासनको सुरक्षा ब्यवस्था, भंसार कर्मचारीहरुको ब्यवस्थापन भइरहेको छ । सरकारले २०७६/०७७ को आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने दिन तातोपानी नाका खोल्ने तयारीमा छिमेकी मित्र राष्ट्र चीन, नेपालका अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालयलगायतका सम्बन्धित मन्त्रालयहरु र विभागहरु जुटिरहेको बताइन्छ ।

 
तातोपानी नाकाको खुलेपछि दुई देशबीचको ब्यापारिक कारोवार पनि सुरु हुने भएकाले भंसारलाई ब्यवस्थित गर्नका लागि भंसार कर्मचारीहरुको ब्यवस्थापनको अवस्थाका बारेमा जानकारी लिनका लागि तातोपानी भंसारका प्रमुख कृष्ण बस्नेतलाई सम्पर्क गर्दा उनको फोन उठेन ।

भंसार विभागका सूचना अधिकारी शिशिर घिमिरेलाई फोन गर्दा उनी ३ हप्तादेखि विदेश भ्रमणमा रहेकाले उनको जिम्मेवारीको काम अरु कसैले नगर्ने गरेको भंसार विभागको कर्मचारी स्रोतले बतायो ।

भंसार विभागका महानिर्देशक रामेश्वर दंगाललाई सम्पर्क गर्न खोज्दा उनीसंग पनि सम्पर्क हुन सकेन । २०७६ जेठ १५ गते तातोपानी नाका खोल्ने तयारी दुबै देशका सरकारले गरेतापनि त्यसको कार्यक्रम भने सार्वजनिक गरिएको छैन ।