🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

 मालपोत अधिकृतसहित सात जना विरुद्ध मुद्दा

काठमाडौँ, १३ जेठ (रासस) : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी जग्गा निजी कम्पनीका नाममा जग्गाधनी दर्ता गरी भ्रष्टाचार गरेको अभियोगमा मालपोत कार्यालय कलङ्कीका मालपोत अधिकृत शिवप्रसाद रिमाललगायत सात जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

    चन्द्रागिरि नगरपालिकामा पर्ने पाताल तथा ठोट्ने खोला र चिसापानी सामुदायिक वन उपभोक्ता समूहले उपभोग गरिरहेको सरकारी जग्गा ‘सुयल हाउजिङ कम्पनी’का नाममा दर्ता गरी सरकारी सम्पत्तिको दुरुपयोग गरेको पाइएको छ ।

आयोगले सो कार्यमा संलग्न नायब सुब्बा हरिप्रसाद आचार्य, नक्कली जग्गाधनी मिनाकुमारी थापा, सुयल हाउजिङका सञ्चालक रामकुमार सुयल थापा, नक्कली जग्गाधनीको वारेस दीपेन्द्र विक्रम शाह, अधिवक्ता बाबुराम (शर्मा) रेग्मी र अधिवक्ता योगेन्द्र पोखरेल विरुद्ध मुद्दा दायर गरिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो । उनीहरुले रु दुई करोड २१ लाख भ्रष्टाचार गरेको अभियोग लागेको छ । 

    यस्तै आयोगले सप्तरीको सुरुङ्गा नगरपालिका–५ का वडाध्यक्ष सिल्टु मिया विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । मोहियानी जग्गा छुटाउन रु २५ हजार घुस लिएको अभियोग वडाध्यक्ष श्रेष्ठमाथि लागेको छ ।

इलाका प्रशासन कार्यालय राम गोपालपुर, महोत्तरीमा कार्यरत कम्प्युटर अपरेटर अशोककुमार सिंह विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो । नागरिकताको प्रमाणपत्र बनाउन सहज गरिदिने भन्दै सेवाग्राहीसँग सिंहले रु चार हजार घुस मागेको अभियोग लागेको छ ।

 त्यस्तै आयोगले नापी कार्यालय नवलपरासीमा कार्यरत नापी सर्वेक्षक छत्रबहादुर ठकुल्ला विरुद्ध पनि आजै विशेष अदालतमा मुद्दा दायर गरेको छ । सर्वेक्षक ठकुल्लाले सेवाग्राहीसँग रु २० हजार घुस लिएको अभियोग लागेको छ । 

    त्यस्तै नापी कार्यालय लगनखेल ललितपुरमा कार्यरत नापी सर्वेक्षक उपेन्द्रप्रसाद यादवलाई रु ३० हजार घुस लिएको अभियोगमा पक्राउ गरिएको छ । जग्गा नाप गरी रेखाङ्कन गर्ने प्रयोजनका लागि विभिन्न कारण बनाइ आलटाल गरी घुस मागेको उनीमाथि आरोप लागेको छ । आयोगले यादवलाई जेठ १२ गते आइतबार पक्राउ गरी जेठ १३ गते  सार्वजनिक गरेको हो । 
–––