🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

चितवनमा चुनावी रौनक : पूर्वप्रधानमन्त्री, मन्त्री र सांसद भिड्दै !!

रत्ननगर, चितवन, २३ कात्तिक।  मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि पूर्वप्रधानमन्त्री, पूर्वमन्त्री, बहालवाला मन्त्री र सांसदहरु नै चुनावी प्रतिष्पर्धामा देखिएका कारण चितवन जिल्लाको चुनावी कार्यक्रमहरु सबैको चासो र चर्चाको विषय बनेको छ ।

मतदाता मनोज अर्यालले  पूर्वप्रधानमन्त्री र मन्त्रीदेखि बहालवाला मन्त्रीसमेतको सहभागिताले जिल्लाको चुनावी प्रतिष्पर्धा निक्कै चासोको विषय बनेको बताए   ।

पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, ‘प्रचण्ड’, पूर्वअर्थमन्त्री एवं नेकपा (एमाले)का नेता सुरेन्द्र पाण्डे, बहालवाला वन तथा भूसंरक्षण मन्त्री एवं राप्रपा (प्रजातान्त्रिक)का उपाध्यक्ष विक्रम पाण्डे, शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी र पूर्वभूमिसुधार मन्त्री डम्बर श्रेष्ठ चुनावी प्रतिष्पर्धामा छन्  ।

अहिले चितवनको सबैभन्दा चासोको विषय क्षेत्र नम्बर ३ बन्न पुगेको छ । तीनवटा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर ३ मा पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष दाहाल नै चुनावी मैदानमा छन् ।

उनको प्रतिष्पर्धीका रुपमा राप्रपा(प्रजातान्त्रिक)का उपाध्यक्ष एवं बहालवाला वन तथा भूसंरक्षण मन्त्री पाण्डे रहेका छन्  । दाहाल वाम गठबन्धनबाट उम्मेदवार बनेका हुन भने पाण्डे लोकतान्त्रिक गठबन्धनबाट ।

पहिलो चरणको चुनावी प्रचार अभियान सम्पन्न गरेका दाहालले चितवनका जनताबाट अधिकार प्राप्त गरेर देशकै नेतृत्व गरी स्थायी शान्ति र समृद्ध राष्ट्र बनाउन चितवन आएको दावी गरेका छन् । पाण्डे भने विकासका लागि चुनावमा आएको भन्दै प्रचार अभियानमा सक्रिय छन्  ।

उनीहरुसहित कूल १४ जनाको उम्मेदवारी रहेको चितवन क्षेत्र नम्बर ३ मा अर्का पूर्वभूमिसुधार तथा व्यवस्था मन्त्री एवं नेकपा (माले)का नेता श्रेष्ठको समेत उम्मेदवारी परेको छ । सो क्षेत्रमा ६ जनाको स्वतन्त्रबाट उम्मेदवारी परेको छ ।

चितवन क्षेत्र नम्बर २ मा शिक्षा राज्यमन्त्री तथा सांसद शेषनाथ अधिकारीको उम्मेदवारी परेको छ । उनीसँग वाम गठबन्धनबाट नेकपा एमालेका नेता तथा सांसद कृष्णभक्त पोखरेल प्रतिष्पर्धा गर्दै छन्  ।

देवघाटबाट जनताको आशीर्वाद लिएर चुनावी मैदानमा आएको बताउँदै पोखरेल भन्छन्, “जिल्लामा वाम गठबन्धनको जित सुनिश्चित छ ।’ अधिकारी आफू यहाँको ‘अर्ग्यानिक’ उम्मेदवार भएकाले मतदाताहरुले मत दिने दावी गर्दै चुनावी अभियानमा रहेका छन्  ।

यसअघिको निर्वाचनमा पोखरेल क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका  थियो भने अधिकारी क्षेत्र नम्बर २ बाट निर्वाचित भएका हुन्  । चितवन क्षेत्र नम्बर २ मा १५ जनाको उम्मेदवारी रहेकामा तीनजना स्वतन्त्र उम्मेदवार छन् ।

अहिले निर्वाचन क्षेत्र ५ बाट ३ मा झारिएकाले मतदाताहरुको भोट बाँडिने भएर आंकलन गर्नसक्ने स्थिति छैन । तर स्थानीय तहमा आएको पार्टीहरुको भोट हेर्दा वाम गठबन्धन केही अगाडि देखिन्छ ।

त्यसो त चितवन क्षेत्र नम्बर १ मा एमालेका पूर्व अर्थमन्त्री एवं एमाले नेता सुरेन्द्र पाण्डे चुनावी मैदानमा छन्  । उनका प्रतिष्पर्धीमा नेपाली काँग्रेसबाट राजेन्द्र बुर्लाकोटी चुनावी मैदानमा रहेका छन्  ।

दाहाललाई देखाउँदै पाण्डेले जिल्लाको विकास दुई भाइले गरेरै छाड्ने बताए  । यहाँबाट प्रतिनिधिसभामा उठेका १३ उम्मेदवारमध्ये ३ जना स्वतन्त्र छन्  । यसअघि २०७० को निर्वाचनमा पनि उनीहरुबीच नै प्रतिष्पर्धा भएको थियो ।

प्रदेशसभातर्फ यस्ता छन् उम्मेदवार
चितवनमा मुख्य दलहरुबाट उम्मेदवार बनेका नेताहरु अहिले भोट माग्न घरदैलोमा व्यस्त छन् । क्षेत्र नम्बर १ मा प्रदेश (क)मा काँग्रेसका धनबहादुर गुरुङ् तथा (ख) मा उत्तम आचार्य छन्  ।

क्षेत्र नम्बर २ को प्रदेश (क) मा जीतनारायण श्रेष्ठ र (ख)मा प्रकाश अधिकारी तथा क्षेत्र नम्बर ३ को प्रदेश (क)मा दिनेश कोइराला र (ख)मा साजनकुमार महतो प्रतिष्पर्धामा छन् ।

यता वाम गठबन्धनले क्षेत्र नम्बर १ को प्रदेश (क)मा दावा लामा र (ख)मा कृष्ण खनाल, क्षेत्र नम्बर २ को प्रदेश (क)मा घनश्याम दाहाल र (ख)मा विजय सुवेदी रहेका छन्  । यस्तै, क्षेत्र नम्बर ३ को प्रदेश (क)मा कृष्ण भुर्तेल र प्रदेश (ख) रामलाल महतो चुनावी मैदानमा छन्  ।

मतदाताको अवस्था र मतदान स्थल

अघिल्लो निर्वाचनको भन्दा ४१ हजार मतदाता थपिएर यसपटक जिल्लामा कूल ३ लाख ५४ हजार ३६ पुगेको जिल्ला निर्वाचन अधिकारी हरि ढकालले जानकारी दिए  । उनका अनुसार क्षेत्र नम्बर १ मा १ लाख १९ हजार ९९८ मतदाता छन् । यहाँ कूल ५६ वटा मतदान स्थल तोकिएको छ ।

क्षेत्र नम्बर २ मा १ लाख ८ हजार २१९ मतदाता छन् । यहाँ ४३ वटा मतदान स्थल तोकिएको छ । यस्तै, क्षेत्र नम्बर ३ मा १ लाख २५ हजार ८१८ मतदाता रहेका छन् । मतदान स्थल भने ६२ तोकिएको ढकालले बताए  ।

जिल्लामा कूल १६१ मतदान स्थलमा ४०८ मतदान केन्द्र तोकिएको छ । चितवन क्षेत्र नम्बर १ मा राप्ती, खैरहनी र रत्ननगर नगरपालिका रहेको छ । यस्तै, क्षेत्र नम्बर २ मा कालिका नगरपालिका, इच्छाकामना गाउँपालिका र भरतपुर महानगरको भरतपुर महानगरपालिकाको वडा नम्बर १, २, ३, ४, ५, ७, १०, ११, १२ र २९ वडा समेटिएको छ ।

यस्तै, निर्वाचन क्षेत्र नम्बर ३ मा माडी नगरपालिकासहित भरतपुर महानगरपालिका वडा नम्बर ६, ८, ९ तथा १३ देखि २८ नम्बरसम्मका वडा समेटिएको छ ।