🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रधानसेनापति त्रैमासिक रोलकल (सभाहल) सञ्‍चालन 

काठमाडौं ।  नेपाली सेनाले प्रधानसेनापति र सकलदर्जा बीच प्रत्यक्षरुपमा अन्तरक्रिया कार्यक्रम 'सिपाहीका साथ प्रधानसेनापति' सञ्‍चालन गरी सकलदर्जाका पिरमर्का, समस्या, राय सुझावहरु प्रधानसेनापति समक्ष राख्‍ने Forum को रुपमा प्रत्येक ३/३ महिनामा त्रैमासिक रोलकल (सभाहल) संचालन गर्ने योजना अनुसार प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाको प्रमुख आतिथ्यतामा  २०७६ जेष्ठ २४ गते जंगी अड्डास्थित त्रिभुवन आर्मी अफिसर्स क्लबको सभामण्डप हलमा तेस्रो त्रैमासिक रोलकल सम्पन्‍न भएको   छ । 

 उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानसेनापति  थापाले सकलदर्जाहरुको सकरात्मक सोच र प्रयासबाट संगठनका प्रक्रिया, पद्धति र प्रणालीहरुमा सुधारात्मक प्रवृति देखिनुका साथै नेपाली सेनाले शुरु गरेको परिवर्तनको संगठन भित्र र बाहिर दुवैतर्फ सकारात्मक प्रभाव पर्दै गएको कुरा बताएका छन् ।

सोही  अवसरमा प्रधानसेनापति  थापाले  नेपाली सेनाको आधुनिकिकरण तथा आत्मनिर्भरता अभिबृद्धि गर्न नेपाली सेनाको दीर्घकालीन सोच "Nepali Army Vision 2030" तयार गर्ने कार्य अन्तिम चरणमा पुगेको बताए  ।

सोही  कार्यक्रममा प्रधानसेनापति  थापाले  सकलदर्जाहरुले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा विभिन्‍न विषयहरुमा राखेका रायसुझाव तथा जिज्ञासाहरुलाई सम्बोधन गर्नुको साथै कार्यक्रममा प्रधानसेनापति  थापाले नेपाली सेनाको कमाण्ड सम्हालेको एक वर्ष पूरा हुने अवसरमा २०७६ भाद्र २४ गते वार्षिक समीक्षासहित उपस्थित हुने जानकारी समेत गराएका छन् ।    

सो  कार्यक्रममा नेपाली सेनाका रथीबृन्द, अधिकृत, पदिक तथा अन्यदर्जाहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।