🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सांसद गगन थापा राजदूतावासको रहस्यमय  भेटघाटमा व्यस्त  

काठमाडौं । संघीय संसद चलिरहेको छ।  प्रतिनिधि सभा, राष्ट्रिय सभाका सांसदहरु विदेशी दूतावासहरुमा सट्याकसुटुक  धाउने क्रम  पनि जारी छ।  देशको कानून  निर्माण गर्ने थलोमा रहेका सांसदहरु नेपालको राजनीति कानूनहरुको बारेमा चासो लिंदै आएका दूतावासहरुमा गुप्त भेटघाटमा  रमाउने गरेका छन्।  

सरकारले संसदमा प्रस्तुत गरेका थुप्रै विधेयकहरुमा  निकै आक्रामक र चर्को रुपमा प्रस्तुत हुँदै आएका केही सांसदहरुको विदेशी दूतावासको गुप्त र रहस्यमय  भेटघाटले राजनीतिक क्षेत्रमा संसय प्रकट गरेको छ।  

एकजना प्रत्यक्षदर्शी बुध्दिजीवीका अनुसार, प्रतिनिधिसभामा सरकारविरुध्द आक्रामकरुपमा प्रस्तुत हुँदै आएका नेपाली कांग्रेसका सांसद (काठमाडौं क्षेत्र नम्बर ४) गगन थापा काठमाडौंको कमलादीस्थित अमेरिकी राजदूतको निवासमा २०७६ अस़ार १८ गते १२ बजेर ५९ मिनेटमा प्रवेश गरेका छन्।  सांसद गगन थापा बा १३ च २९१२ को गाडीमा एक्लै प्रवेश गरेका छन्।

 संसद चलिरहनु, सरकारले ल्याएका विधेयकहरुमा छलफल चलिरहनु अनि हाम्रो देशका सांसदहरु चाहिं विदेशी दूतावासमा  गुप्त भेटघाटमा ब्यस्त रहनुको पछाडिको रहस्य खोजीको विषय बनेको छ।