🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

किन भैरहेछ विदेशीदूतहरुसंग प्रचण्डको रहस्यमय भेटघाट ? 

काठमाडौं । अचेल नेपाली राजनीतिमा भारतीय भूमिका कम भएको जस्तो लाग्छ । हुन पनि अमेरिका मुखर भएर आएको बेलामा भारतीय प्रभाव र भूमिका कमजोर देखिनु अस्वभाविक होइन । अझ चीन पनि नेपालमा भूमिका बढाउन चाहन्छ । तर, परिस्थिति त्यस्तो पनि छैन ।

भारत आफ्नो पकडमा रहेको क्षेत्र  छोड्न किन चाहन्छ र ? अझ नेपालका नेताको नाडी छामीसकेको भारतले कसलाई कतिबेला कसरी चलाउनुपर्छ भन्ने पनि बुझेकै छ । त्यसैले अचेल नेकपाभित्र विग्रह ल्याउन भारत प्रचण्डलाई प्रयोग गरिरहेको कूटनीतिक क्षेत्रमा चर्चा छ । 

 प्रधानमन्त्री ओलीलाई कमजोर बनाउने र बद्नाम गराएपछि नेपालको ठूलो शक्ति कमजोर हुन्छ भन्ने बुझाई भारतको रहेको बुद्धिजीवीहरु चर्चा गर्दछन् । त्यसैले विगत केही महिनादेखि भारतीय खुफिया एजेन्सी तथा दूतहरुले प्रचण्डलाई निरन्तर भेट गरिरहेको बताइन्छ ।

त्यसको प्रभाव नदेखिएको पनि होइन । २०७६ असार ८ गते प्रचण्डसंग नेपालका लागि पूर्व भारतीय राजदूत श्यामशरणले गुप्त भेटघाट गरेको कुरा पनि प्रकाशमा आएको थियो । त्यो पनि केपी ओलीलाई कमजोर बनाउने कडीका रुपमा प्रयोग गरिएको बुझाई सरकारी पक्षको रहेको छ । त्यसपछि बालुवाटार बढी सशंकित भएको बताइन्छ । 

 भारतले तरकारी विषादी परीक्षण गर्ने सरकारी निर्णय रोकाउन पनि प्रचण्डमार्फत भूमिका खेलेको स्रोतको दावी छ । प्रचण्डका विश्वासपात्र भनिएका कृषिमन्त्री चक्रपाणि खनालको भूमिका पनि त्यस्तै शंकास्पद रहेको बताइन्छ ।

यहाँ   सोचनीय कुरा के छ भने भारतीय दूतावासले नेपाललाई् तरकारी विषादी परीक्षण नगर्न लेखेको पत्र सबैभन्दा पहिला माओवादीनिकट अनलाइनबाट सार्वजनिक भयो । उर्जामन्त्री वर्षमान पुननिकट वविन शर्माले सञ्चालन गरेको समाचार दैनिक अनलाईनमा त्यो पत्र सार्वजनिक भयो । यसले कतै पूर्वमाओवादीहरु ओलीविरुद्ध एकगठ भएर बद्नाम गराउन लागेका त छैनन् भन्ने प्रश्न पनि उठेको छ । 

 प्रधानमन्त्रीले पत्र पढ्न नपाउने तर अनलाईनतिर सार्वजनिक हुनुले यस्तै संकेत गर्छ । प्रचण्डसंग भारतीयहरु निकै निकट सम्बन्ध राख्न चाहन्छन् भन्ने कुरा त भाजपाका केही नेताहरु प्रचण्डपत्नी सीताको जन्मदिनमा शुभकामना दिन आएबाट पनि स्पष्ट हुन्छ ।

जन्मदिन बहाना भएपनि उनीहरुको सक्रियता रहस्यमय रहेको स्रोत  बताउछ । प्रचण्डसंग भारतीयहरुको निरन्तर बाक्लिदो भेटवार्तापछि नै प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहाकार विष्णु रिमालले छौंडाको प्रसंग निकालेर ट्वीट गरेको वालुवाटार स्रोतको दावी छ । 

रिमालको ट्वीटभन्दा पहिला परराष्ट्र सल्लाहकार राजन भट्टराईले यस्तै ट्वीट गरेका थिए । त्योबीचमा तीन पटकभन्दा बढी भारत भ्रमणमा गइसकेका थिए राजन भट्टराई । यी सबै गतिविधि हेर्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी निर्वाचित भएर आएपछि नेपालमा राजनीतिमा सुषुप्तरुपमा भारतीयहरु सक्रिय हुन थालेको सरकारी रिपोर्ट रहेको सुरक्षा स्रोत  बताउछ । 

 राजनीतिक अस्थिरताका लागि काम गरिरहेको आरोप खेप्दै आएको भारतीय राजदूतावास पछिल्ला दिनमा भारतीय चलचित्र अवार्ड आइफा गराउन पनि दबाब दिन थालेको छ । लैनचौर दूतावासले विभिन्न च्यानल प्रयोग गरेर अहिले त्यो अवार्ड गराउन लागेको स्रोत  बताउछ ।

माधव नेपाल, भीम रावलहरु जसले चर्को विरोध गरेका थिए उनीहरुलाई पनि आयोजकले भेटिसकेका छन् । आयोजका प्रतिनिधिहरुले त माधव नेपालले विरोध गरेकोमा माफी मागेको समेत चर्चा चलाएका छन् । 

स्रोतका अनुसार, आयोजकले चीन र ब्रुनाइमा कार्यक्रम गर्न नसकेकपछि नेपाल आएको र नेपाललाई निरन्तर दबाब दिइरहेको छ । आइफा नेपालमा गराउनका लागि विशेष सक्रियता भने नेकपाका सुदूरपश्चिमका प्रदेशका अध्यक्ष कर्ण थापा र उनकी श्रीमती कमला ओली देखाइरहेको चर्चा नेकपामा चलेको छ । उनीहरुले नै आईफा नेपालमा गर्दा देशलाई निकै ठूलो फाइदा पुग्ने प्रस्ताव प्रधानमन्त्रीसम्म पु¥याएका थिए ।

भ्रमण बर्ष २०२० का संयोजक सुरज वैद्यलाई कार्यक्रम आयोजना गर्ने जिम्मा दिने प्रस्ताव गरिएको स्रोतको दावी छ । आइफा आयोजना गर्दा राष्ट्रलाई तत्कालीन र दीर्घकालीन फाइदा पुग्ने दावी यसका पक्षधरहरुको रहेको छ ।