काठमाडौँ, २७ फागुन : राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने भएको छ ।
पार्टीका प्रवक्ता भुवन पाठकले फागुन २६ गते जारी गरेको विज्ञप्तिमा राष्ट्रियता, प्रजातन्त्रको सम्बर्धन तथा राजनीतिक स्थिरता कायम गर्न प्रधानमन्त्री ओलीलाई फागुन २७ गते आइतबार हुने मतदानमा समर्थन गर्ने भनिएको छ ।
सुशासन, भ्रष्टाचारमुक्त प्रशासन एवं आर्थिक समृद्धिका लागि पार्टीले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने निर्णय गरेको जनाइएको छ । उक्त पार्टीको तर्फबाट प्रतिनिधिसभामा एक सदस्य रहेका छन्।
यता संघीय समाजवादी फोरम नेपालले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने या नदिनेबारे निर्णय गरेको छैन । फागुन १२ गते आइतबार १२ः०० बजे बस्ने पार्टीको संसदीय दलको बैठकले निर्णय लिने सो पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।
राष्ट्रिय जनता पार्टी (राजपा)ले पनि प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने यसअघि जनाइसकेको छ ।
––– (रासस)



