🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

\’रअ\’ का प्रमुख\’संगको भेटघाट बारे \’नेपाली सेनाको ध्यानाकर्षण\’

  काठमाडौं । २०७६/०४/०७ गते रातोपाटी डटकममा 'प्रधानमन्त्रीसहित शीर्ष नेताहरुलाई भेटेर फर्किए 'रअ' का प्रमुख' अन्तर्गत महाराजगञ्जमा को-को भेट्न पुगे ?  र   २०७६/०४/०८ गते थाहाखबर डटकममा 'रअ' प्रमुखको नेपाल भ्रमण: प्रधानमन्त्रीसँग बत्ति बालेर, प्रचण्ड-देउवासँग दिउँसै 'भेटघाट' भन्‍ने शिर्षकमा प्रकाशित नेपाली सेनाका प्रधानसेनापतिले 'रअ' का प्रमुखलाई भेटि छलफल/वार्ता गरेको भन्‍ने समाचार प्रति नेपाली सेनाको गम्भीर ध्यानाकर्षण भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय जंगी अड्डाले २०७६ साउन १० गते साँझ जनाएको छ। 

  नेपाली सेनाका अनुसार, ''उक्त समाचारहरु सरासर झुटो, मनगढन्ते एवं सुनियोजित भएको तथ्य अवगत गराउदै प्रकाशित समाचारहरु प्रति नेपाली सेना गम्भीर आपत्ति प्रकट गर्दछ । नेपाली सेनाको छवीमै आँच पुर्‍याउन सक्ने तथा आमजनमानसमा सेना प्रतिको आस्था तथा विश्‍वासमा समेत ठेस पुग्न सक्ने यस प्रकारको संवेदनशील विषयमा समेत यस संस्थाको आधिकारिक निकायसँग सूचनाको विश्‍वसनीयता प्रमाणित नगराई सस्तो लोकप्रियताको लागि कपोलकल्पित समाचार सम्प्रेषण भएको देखिन्छ ।'' 

 ''राष्ट्रकै संवेदनशील संस्थाको तेजोवध गर्नकै लागि गलत नियतसहित प्रकाशित सामग्री प्रति नेपाली सेना खेद प्रकट गर्दछ । आमजनमानसमा गलत सन्देश जाने तथा दिग्भ्रमित पार्ने पूर्वाग्रही सामग्रीहरुले आगामी दिनहरुमा स्थान पाउँदै जाने हो भने यस प्रकारका कार्यले राष्ट्र प्रति समर्पित समग्र नेपाली मिडिया जगतको बिश्‍वसनियतामा ह्रास आउन सक्ने तर्फ ध्यानाकर्षण गराउँदै भविष्यमा सत्य तथ्यमा आधारित समाचारहरु संप्रेषण हुने विश्‍वास व्यक्त गर्दै उल्लेखित विषयको संवेदनशीलता प्रति पुनः एकपटक गम्भीर ध्यानाकर्षण गराउदै आधारहीन समाचारबाट भ्रममा नपर्न नेपाली सेना सम्पूर्ण पाठक वर्गमा समेत हार्दिक अनुरोध गर्दछ।'' सेनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ।